
राष्ट्र बैंकको निर्देशन : ‘कर्जा असुली मात्र होइन, विस्तारमा पनि ध्यान दिनुहोस्’NRB Directs Banks: Focus Not Just on Recovery, but on Credit Expansion Too
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई कर्जा विस्तारतर्फ समेत गम्भीर ध्यान दिन निर्देशन दिएको छ। वित्तीय प्रणालीमा अत्यधिक तरलता रहेको र त्यसलाई व्यवस्थापन गर्न चुनौती भोगिरहेको अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले कर्जा प्रवाह बढाई अर्थतन्त्रलाई सक्रिय बनाउन निर्देशन दिएको हो।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्यान्वयन र बैंकहरुको तयारी विषयमा मंगलबार आयोजित छलफलमा गभर्नर डा. विश्वनाथ पौडेलले कर्जा असुलीमा मात्र नभई नयाँ कर्जा प्रवाहमा पनि सक्रियता देखाउन बैंकहरुलाई आग्रह गरे। गभर्नरले भने, “अहिले बैंकहरु असुलीमै केन्द्रित छन्, तर कर्जा विस्तार नभए अर्थतन्त्र गतिशील हुँदैन।”
छलफलमा बैंकहरुको कार्यक्षेत्र परिमार्जन, युनिभर्सल बैंकिङका विकल्पसँगै विशेषीकृत बैंकिङ प्रणालीमा जाने विषयमा समेत गभर्नर पौडेलले निर्देशन दिए। ऊर्जा, कृषि, एमएसएमई जस्ता क्षेत्रमा विशिष्टीकृत लगानी गर्ने बैंकको वर्गीकरण मौद्रिक नीतिमार्फत नै गर्ने राष्ट्र बैंकको नीति रहेको पनि उनले स्मरण गराए।
त्यसैगरी, छलफलमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन विधेयकका विभिन्न व्यवस्थाबारे समेत विचारविमर्श भएको सहभागी बैंकरहरुले जानकारी दिए। बैंक र व्यवसायी अलग गर्ने व्यवस्थाले लगानीकर्तालाई उपयुक्त एक्जिट प्लान सुनिश्चित गर्नुपर्ने सुझाव पनि छलफलमा आएको थियो।
राष्ट्र बैंकले बैंकहरुलाई आगामी ६ महिनाको सम्पत्ति तथा दायित्व व्यवस्थापन योजना पेश गर्न र छिटो साधारणसभा गर्न निर्देशन दिएको छ। यस्तै, बुधबार बैंकका अध्यक्षहरुसँग पनि सोही विषयमा विस्तृत छलफल हुने जनाइएको छ, जसमा रणनीतिक योजना र बाफिया संशोधन विधेयकमा बैंकहरुको धारणा संकलन गरिनेछ।
Kathmandu — Nepal Rastra Bank (NRB) has directed Chief Executive Officers of commercial banks to focus not only on loan recovery but also on credit expansion. Amid excess liquidity in the financial system and challenges in managing it, the central bank urged bankers to boost lending in order to keep the economy dynamic.
In a formal discussion held on Tuesday regarding the implementation and understanding of the current fiscal year's monetary policy, Governor Dr. Bishwanath Paudel instructed banks to prioritize new loan disbursements alongside recovery efforts. He emphasized that merely focusing on recoveries has halted credit expansion, which could stagnate economic activity.
Governor Paudel also drew attention to the need for reform in banks' operational focus. He reiterated that the central bank is moving towards reclassifying banks, encouraging them not only to continue with universal banking but also to adopt specialized banking practices. The monetary policy itself outlines plans to designate certain banks to invest in sectors such as energy, agriculture, and MSMEs based on their capacity and specialization.
The meeting also discussed the proposed amendments to the Bank and Financial Institution Act (BAFIA). Bankers suggested that provisions separating bankers from businesspeople should ensure proper exit plans for investors.
NRB has further instructed banks to submit a six-month plan for asset and liability management and to conduct their Annual General Meetings promptly.
On Wednesday, NRB is scheduled to hold a similar discussion with the chairpersons of banks, focusing on strategic planning, implementation of the amended BAFIA bill, and other regulatory matters.




