NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NRB Expresses Serious Concern Over Recent Incidents Targeting Banks and Financial Institut...
    बैंक तथा वित्तीय संस्था लक्षित घटनाप्रति राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण
    Investor
    1 min read
    Published on December 17, 2025
    NEPSE TRADING

    बैंक तथा वित्तीय संस्था लक्षित घटनाप्रति राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षणNRB Expresses Serious Concern Over Recent Incidents Targeting Banks and Financial Institutions

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालैका दिनमा बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी भएका विभिन्न घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्र बैंकले यस्ता गतिविधिले समग्र वित्तीय प्रणालीको स्थायित्व र विश्वासमा नकारात्मक असर पार्न सक्ने भन्दै सबै पक्षलाई जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ।

    राष्ट्र बैंकका अनुसार सरकार, बैंक तथा वित्तीय संस्था र सम्बन्धित निकायको संयुक्त प्रयासका कारण स्थानीय तहसम्म वित्तीय सेवाको पहुँच विस्तार भएको छ। यसबाट सर्वसाधारणले निक्षेप राख्न, कर्जा लिन, विप्रेषण सेवा उपयोग गर्न तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सहजता पाएका छन्।

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा राष्ट्र बैंकका निर्देशनअनुसार कर्जा प्रवाह, अनुगमन र कर्जा असुली गर्नु सम्बन्धित संस्थाको प्रमुख जिम्मेवारी भएको राष्ट्र बैंकले स्पष्ट पारेको छ। ऋणीले लिएको कर्जा नियमित रूपमा भुक्तानी गर्नुपर्ने भए पनि प्रतिकूल परिस्थितिमा राष्ट्र बैंकले कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्था गरी सहजीकरण गर्दै आएको जनाएको छ।

    बैंकिङ कारोबारसम्बन्धी कुनै गुनासो भएमा ग्राहकले सम्बन्धित बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकमा उजुरी दिन सक्ने व्यवस्था रहेको पनि राष्ट्र बैंकले स्मरण गराएको छ। साथै, बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीप्रति गैरजिम्मेवार वा उच्छृङ्खल व्यवहार नगर्न सबैलाई सचेत गराउँदै नियम उल्लङ्घन गर्नेहरूमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

    राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई उच्च मनोबलका साथ जिम्मेवार ढंगले आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गर्दै, वित्तीय प्रणालीप्रति जनविश्वास कायम राख्न सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ।

    Kathmandu — Nepal Rastra Bank (NRB) has stated that it has taken serious note of recent incidents targeting banks and financial institutions. The central bank warned that such activities could negatively impact the stability and public confidence in the country’s financial system, and urged all concerned parties to act responsibly.

    According to NRB, coordinated efforts between the government, banks, and financial institutions have expanded access to financial services down to the local level. This expansion has made it easier for the general public to deposit savings, obtain loans, send and receive remittances, and receive social security allowances.

    NRB clarified that, in accordance with the Banks and Financial Institutions Act, 2017 (2073 BS) and its regulatory directives, the responsibility of credit disbursement, monitoring, and loan recovery lies primarily with the respective banks and financial institutions. While borrowers are required to repay loans on time, the central bank has been facilitating relief through loan restructuring and rescheduling measures in cases of adverse circumstances.

    The central bank also noted that customers have the right to file complaints with the concerned bank or directly with NRB if they face issues related to banking transactions. It cautioned the public against irresponsible or unruly behavior toward banks, financial institutions, and their employees, warning that legal action will be taken against those who violate prevailing laws and regulations.

    NRB further appealed to employees working in the banking and financial sector to maintain high morale and carry out their duties responsibly, emphasizing that collective cooperation is essential to sustain trust in the financial system.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026