NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NRB Extends Deadline for Remittance Firms’ Paid-Up Capital by Two Years
    रेमिट्यान्स कम्पनीलाई राष्ट्र बैंकको राहत: पुँजी वृद्धि समयसीमा दुई वर्ष थप
    Investor
    2 min read
    Published on April 2, 2026
    NEPSE TRADING

    रेमिट्यान्स कम्पनीलाई राष्ट्र बैंकको राहत: पुँजी वृद्धि समयसीमा दुई वर्ष थपNRB Extends Deadline for Remittance Firms’ Paid-Up Capital by Two Years

    काठमाडौं । नेपाल राष्ट्र बैंक ले विप्रेषण (रेमिट्यान्स) कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने समयसीमा दुई वर्ष थप गरेको छ। ‘विप्रेषण विनियमावली, २०७९ (दोस्रो संशोधन)’ मार्फत यस्तो व्यवस्था लागू गरिएको हो, जसले हाल पुँजी वृद्धिको दबाबमा रहेका कम्पनीहरूलाई तत्काल राहत दिने अपेक्षा गरिएको छ।नयाँ व्यवस्थाअनुसार अब रेमिट्यान्स कम्पनीहरूले २०८७ असार मसान्तभित्र न्यूनतम १० करोड रुपैयाँ चुक्ता पुँजी कायम गरे पुग्नेछ। यसअघि भने यस्तो पुँजी २०८५ असार मसान्तभित्रै पुर्‍याउनुपर्ने प्रावधान रहेको थियो। समयसीमा थपिएसँगै विशेषगरी साना तथा मध्यमस्तरका कम्पनीहरूलाई पुँजी व्यवस्थापनमा सहजता आउने विश्वास गरिएको छ।यसअघि राष्ट्र बैंकले चरणबद्ध रूपमा पुँजी वृद्धि गर्न निर्देशन दिएको थियो। सो व्यवस्थाअनुसार २०८१ सम्म ३ करोड, २०८२ सम्म ४ करोड, २०८३ सम्म ६ करोड, २०८४ सम्म ८ करोड र २०८५ सम्म १० करोड रुपैयाँ पुर्‍याउनुपर्ने थियो। तर, नयाँ संशोधनले उक्त वार्षिक लक्ष्यहरू हटाउँदै सिधै २०८७ सम्म १० करोड रुपैयाँ पुर्‍याउने एकीकृत प्रावधान ल्याएको छ।संशोधनले रेमिट्यान्स कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाउन विभिन्न पक्षमा स्पष्टता दिएको छ। इजाजतपत्र प्रदान गर्ने, नवीकरण गर्ने, निलम्बन तथा खारेज गर्ने प्रक्रिया र कसूर–दण्डसम्बन्धी व्यवस्थालाई व्यवस्थित गरिएको छ। साथै कम्पनीहरू गाभ्ने–गाभिने तथा प्राप्ति (merger and acquisition) सम्बन्धी प्रक्रिया पनि स्पष्ट पारिएको छ।नयाँ व्यवस्थाअनुसार रेमिट्यान्स कम्पनीहरूले राष्ट्र बैंकको स्वीकृति लिएर सहायक कम्पनीमार्फत भुक्तानी सेवा प्रदायक वा भुक्तानी प्रणाली सञ्चालकको रूपमा काम गर्न सक्नेछन्। यससँगै रेमिट्यान्स कार्ड जारी गर्ने तथा राष्ट्र बैंकले तोकेका अन्य वित्तीय सेवाहरू सञ्चालन गर्न पनि अनुमति दिइएको छ। बैंक तथा वित्तीय संस्थालाई समेत विप्रेषण कारोबारमा सहभागी हुन पाउने बाटो खुला गरिएको छ।इजाजतपत्र सम्बन्धी प्रावधानमा पनि स्पष्टता ल्याइएको छ। रेमिट्यान्स कारोबार सञ्चालन गर्न न्यूनतम २५ करोड रुपैयाँ चुक्ता पुँजी आवश्यक पर्नेछ भने अन्य सम्बन्धित कम्पनीका लागि न्यूनतम १० करोड रुपैयाँ पुँजी आवश्यक पर्ने व्यवस्था गरिएको छ। इजाजतपत्र नवीकरणका लागि म्याद सकिएको ३० दिनभित्र निवेदन दिनुपर्नेछ र ढिलाइ भएमा नवीकरण शुल्क बराबरको विलम्ब शुल्क तिरेर नवीकरण गर्न सकिनेछ।त्यस्तै, कुनै कम्पनीको इजाजतपत्र खारेज गर्नु अघि राष्ट्र बैंकले राष्ट्रिय दैनिक पत्रिका र आफ्नो वेबसाइटमार्फत ३५ दिनको सार्वजनिक सूचना जारी गर्नुपर्नेछ। सो सूचनाको सम्पूर्ण खर्च सम्बन्धित कम्पनीले नै व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ।राष्ट्र बैंकको यस निर्णयले रेमिट्यान्स क्षेत्रलाई थप व्यवस्थित बनाउनुका साथै व्यवसाय विस्तार र दीर्घकालीन स्थायित्वमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
    Kathmandu. Nepal Rastra Bank has extended the deadline for remittance (money transfer) companies to meet the minimum paid-up capital requirement by two years. The provision has been introduced through the second amendment to the “Remittance Regulation, 2079,” providing relief to companies currently under pressure to raise capital.Under the new arrangement, remittance companies are now required to maintain a minimum paid-up capital of NPR 100 million by the end of Ashad 2087. Previously, the deadline for meeting this requirement was set for the end of Ashad 2085. The extension is expected to ease financial pressure, particularly for small and mid-sized companies, allowing them more time for capital management and business expansion.Earlier, the central bank had mandated a phased capital increase plan. Companies were required to raise NPR 30 million by 2081, NPR 40 million by 2082, NPR 60 million by 2083, NPR 80 million by 2084, and NPR 100 million by 2085. However, the new amendment removes these annual milestones and introduces a single deadline of 2087 to meet the full capital requirement.The amendment also aims to further organize and regulate the remittance sector. It clearly outlines provisions related to licensing, renewal, suspension, and cancellation, as well as penalties and compliance measures. In addition, procedures for mergers, acquisitions, and consolidation of remittance companies have been clarified.As per the revised rules, remittance companies can, with prior approval from NRB, operate payment service provider or payment system operator businesses through subsidiary companies. They are also allowed to issue remittance cards and carry out other activities as specified by the central bank. Banks and financial institutions have also been permitted to engage in remittance transactions.Regarding licensing requirements, companies intending to operate remittance services must maintain a minimum paid-up capital of NPR 250 million, while other related companies must maintain at least NPR 100 million. For license renewal, companies must apply within 30 days of expiry. Late applications will be accepted with an additional penalty equivalent to the renewal fee.Furthermore, before canceling any company’s license, NRB must publish a 35-day public notice in a national daily newspaper and on its official website. The cost of such notice will be borne by the concerned company.NRB’s decision is expected to strengthen the remittance sector while providing flexibility for sustainable growth and improved regulatory compliance.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026