NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NRB Issues New Procedure on Financial Statements and Dividend Approval
    नेपाल राष्ट्र बैंकको नयाँ कार्यविधि सम्बन्धी विस्तृत समाचार
    Investor
    2 min read
    Published on August 28, 2025
    NEPSE TRADING

    नेपाल राष्ट्र बैंकको नयाँ कार्यविधि सम्बन्धी विस्तृत समाचार NRB Issues New Procedure on Financial Statements and Dividend Approval

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि “वित्तीय विवरण प्रकाशन तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि, २०८२” जारी गरेको छ। यसले २०७७ सालदेखि लागू हुँदै आएको पुरानो कार्यविधिलाई प्रतिस्थापन गर्दै नयाँ नियम ल्याएको हो।

    नयाँ कार्यविधि मुख्यतः वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी तथा लघुवित्तलाई लक्षित गरी लागू गरिएको हो। राष्ट्र बैंकका अनुसार यसले वित्तीय पारदर्शिता बढाउने, जोखिम व्यवस्थापन मजबुत बनाउने र अन्तर्राष्ट्रिय लेखा मानक (IFRS) अनुरुप बैंकिङ प्रणालीलाई अझ आधुनिक बनाउन योगदान गर्नेछ।

    वित्तीय विवरण प्रकाशनसम्बन्धी प्रावधान

    • बैंक तथा वित्तीय संस्थाले वार्षिक विवरण सञ्चालक समितिमा अभिलेख र दस्तखत हुनु अगावै सुपरिवेक्षण विभागमा प्रारम्भिक छलफलका लागि पेश गर्नुपर्नेछ।

    • आवश्यक देखिएमा विभागले संशोधन सिफारिस गर्नेछ र अन्तिम लेखापरीक्षण प्रतिवेदनसहित मात्र विवरण सार्वजनिक गर्न सकिनेछ।

    • एनएफआरएस (NFRS) अनुसारको कर्जा नोक्सानी राष्ट्र बैंकले तोकेको भन्दा कम भएमा फरक परेको रकम नियामकीय जगेडा कोषमा राख्नुपर्ने व्यवस्था गरिएको छ।

    • पूँजीकृत ब्याज वा ग्रेस अवधिको ब्याजलाई पनि नियामकीय जगेडा कोषमा छुट्याउनुपर्नेछ।

    • Expected Credit Loss Guideline (NFRS-9) र Interest Recognition 2025 सम्बन्धी नीतिहरू वित्तीय विवरणमा प्रस्ट उल्लेख गर्नुपर्ने प्रावधान छ।

    • डिबेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्ने संस्थाले Capital Redemption Reserve मा रकम संकलन भएको स्पष्ट देखाउनुपर्ने व्यवस्था गरिएको छ।

    • कर्मचारी दायित्व मूल्यांकन गर्दा विगतका तथ्याङ्कमा आधारित यथार्थपरक अनुमान प्रयोग भएको छ/छैन भन्ने कुरासमेत राष्ट्र बैंकले हेर्ने बताइएको छ।

    लाभांश स्वीकृतिसम्बन्धी प्रावधान

    • बैंक तथा वित्तीय संस्थाले लाभांश स्वीकृत गर्दा पूँजी पर्याप्तता दर (Capital Adequacy Ratio) का आधारमा मात्र नगद लाभांश घोषणा गर्न पाउनेछन्।

    • वाणिज्य तथा राष्ट्रियस्तरका विकास बैंकले CAR 2015 अनुसार, पूर्वाधार विकास बैंकले CAR 2018 अनुसार, तथा अन्य विकास बैंक/फाइनान्स कम्पनीले CAR 2008 अनुसार न्यूनतम पुँजी तथा बफर कायम गरेको अवस्थामा मात्र नगद लाभांश घोषणा गर्न सक्नेछन्।

    • राष्ट्रियस्तरबाहेकका विकास बैंक र फाइनान्स कम्पनीको हकमा प्राथमिक पुँजीकोष ६.५% र पुँजीकोष ११% वा सोभन्दा बढी कायम हुनुपर्नेछ।

    • लघुवित्तका लागि न्यूनतम ०.५% पूँजी र १% पुँजीकोष बफर अनिवार्य गरिएको छ।

    • मर्जर वा एक्विजिसन गर्ने संस्थाले चुक्ता पूँजीमा घटबढ भएमा फरक परेको रकमलाई पूँजीगत जगेडा कोषमा मात्र राख्नुपर्ने र सो रकमबाट नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था गरिएको छ।

    • ऋणपत्र तथा अपरिवर्तनीय अग्राधिकार शेयरको भुक्तानीपछि जम्मा भएको रकमबाट बोनस शेयर मात्रै वितरण गर्न पाइने व्यवस्था गरिएको छ।

    राष्ट्र बैंकको तर्क

    राष्ट्र बैंकले केही बैंक तथा वित्तीय संस्थामा अझै पनि जोखिम मूल्यांकन, जोखिम न्यूनीकरण, आन्तरिक नियन्त्रण प्रणाली र सुशासन पर्याप्त मजबुत नभएको कारण यस्तो नयाँ कार्यविधि ल्याउनुपरेको स्पष्ट पारेको छ।

    नयाँ कार्यविधिले तरलता व्यवस्थापनलाई दुरुस्त बनाउने, जोखिम घटाउने, नाफापछि नियामकीय कोषमा आवश्यक रकम जम्मा गर्ने व्यवस्था सुनिश्चित गर्ने, र लाभांश स्वीकृति प्रक्रियालाई पूँजी पर्याप्ततासँग प्रत्यक्ष जोड्ने व्यवस्था गरेको छ।

    यसरी, नयाँ नियमले भविष्यमा बैंक तथा वित्तीय संस्थाहरूले जोखिम सामना गर्ने क्षमतामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

    Nepal Rastra Bank (NRB) has issued the “Procedure for Approval of Financial Statement Publication and Dividend Distribution, 2082”, replacing the previous procedure of 2077 (including first amendment). The new guidelines apply to commercial banks, development banks, finance companies, and microfinance institutions.

    According to NRB, the procedure aims to enhance financial transparency, strengthen risk management, and align Nepal’s banking system with international accounting standards (IFRS).

    Provisions on Financial Statement Publication

    • Banks and financial institutions (BFIs) must submit their annual accounts to the NRB’s supervision department for preliminary review before board approval and signatures.

    • The department may recommend corrections, and only after the final audit report will permission be granted to publish financial statements.

    • If the loan loss provision under NFRS (Nepal Financial Reporting Standards) is less than NRB’s directive, the shortfall must be transferred to the regulatory reserve fund.

    • Capitalized interest during grace periods must also be allocated to the reserve fund.

    • Compliance with Expected Credit Loss Guideline (NFRS-9) and Guidance Note on Interest Recognition 2025 must be clearly disclosed in financial statement notes.

    • Institutions issuing debentures or other debt instruments must show compliance with contributions to the Capital Redemption Reserve Fund.

    • Employee liability assessments must use realistic assumptions based on past data as per NFRS.

    Provisions on Dividend Approval

    • Dividend approval is now strictly linked to Capital Adequacy Ratio (CAR) requirements.

    • Commercial banks and national-level development banks must comply with CAR 2015, infrastructure development banks with CAR 2018, while other development banks and finance companies must follow CAR 2008 standards.

    • For national-level exceptions:

      • Development banks and finance companies must maintain at least 6.5% core capital and 11% total capital.

      • Microfinance institutions must maintain a minimum 0.5% core capital buffer and 1% total capital buffer.

    • In cases of mergers or acquisitions, any capital shortfall must be recorded in the Capital Reserve Fund and cannot be used for cash dividends.

    • Cash dividends will not be permitted from goodwill generated during mergers unless the equivalent loss is recognized in the profit and loss account.

    • For debentures and irredeemable preference shares, only bonus shares can be distributed from the adjustment reserve after payment obligations.

    NRB’s Rationale

    NRB stated that some banks and financial institutions still lack robust risk assessment, risk mitigation, internal control systems, and governance structures. Therefore, stricter procedures have been introduced.

    The new rules aim to:

    • Ensure proper liquidity management,

    • Reduce systemic risk exposure,

    • Strengthen the regulatory reserve system, and

    • Link dividend distribution directly to capital adequacy compliance.

    NRB expects the new provisions to improve the resilience of BFIs against future risks and promote stronger financial discipline.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026