NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NRB Management Committee Meeting Today for Third Quarter Monetary Policy Review
    मौद्रिक नीति तेस्रो त्रैमासिक समिक्षा : राष्ट्र बैंकको व्यवस्थापन समिति बैठक आज बस्दै
    Top
    1 min read
    Published on May 25, 2025
    NEPSE trading

    मौद्रिक नीति तेस्रो त्रैमासिक समिक्षा : राष्ट्र बैंकको व्यवस्थापन समिति बैठक आज बस्दैNRB Management Committee Meeting Today for Third Quarter Monetary Policy Review

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा तयारीका लागि आज आइतबार व्यवस्थापन समितिको बैठक बोलाएको छ। बैठक दिउँसो ३ बजे गभर्नर डा. विश्वनाथ पौडेलको अध्यक्षतामा बस्न लागेको हो।

    बैठकमा दुबै डेपुटी गभर्नर र कार्यकारी निर्देशकमध्येबाट गभर्नरले तोकेको सिनियर अधिकारी सदस्यसचिवको भूमिकामा रहने व्यवस्था छ। कार्यकारी निर्देशकमध्ये पहिलो वरियतामा रहेका अधिकारीलाई व्यवस्थापन समितिको जिम्मेवारी दिइने परिपाटी रहेको छ।

    मौद्रिक नीति तर्जुमा कार्यविधिअनुसार प्रत्येक त्रैमासिक समिक्षा त्रैमासको समाप्तिपछि ४५ दिनभित्र सम्पन्न गर्नुपर्ने प्रावधान छ। यही व्यवस्था अनुसार समिक्षा तयारी गर्न बैठक बस्न लागिएको हो।

    गभर्नर पौडेलले आफ्नो कार्यकालको प्रारम्भदेखि नै नियमनभन्दा पनि सुपरीवेक्षणमा विशेष ध्यान दिने बताएका छन्। त्यसैले यसपटकको समिक्षामा ठूला नीतिगत परिवर्तनको अपेक्षा नगरी बजारलाई सकारात्मक सन्देश दिने खालको समिक्षा आउने अनुमान गरिएको छ।

    नयाँ गभर्नरको नेतृत्वमा पहिलोपटक हुने त्रैमासिक समिक्षा भएकाले यसले गभर्नरको नीति दिशा कतातिर जाने हो भन्ने कुरामा महत्वपूर्ण संकेत दिने बताइँदैछ। त्यसैले मौद्रिक नीति समिक्षालाई यसपटक चासोपूर्वक हेरिएको छ।

    Nepal Rastra Bank (NRB) has scheduled a management committee meeting today (Sunday) at 3 PM to discuss the third quarterly review of the monetary policy. The meeting will be chaired by the newly appointed Governor Dr. Bishwanath Paudel.

    As per the NRB structure, the management committee is chaired by the Governor and includes both Deputy Governors and a senior executive director designated by the Governor as the member-secretary. Typically, the most senior executive director is entrusted with the committee responsibilities.

    According to the Monetary Policy Formulation Procedure, the quarterly review must be conducted within 45 days of the end of each quarter. Today’s meeting is part of the process to finalize the upcoming review.

    Governor Paudel has emphasized supervisory functions over regulatory functions since taking office. Therefore, this review is expected to send a positive signal to the market rather than introducing major policy changes.

    Since this will be the first monetary policy review under the new Governor’s leadership, it is being closely watched. Observers believe it will offer important insights into the direction the Governor intends to take moving forward.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026