NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NRB to Withdraw Rs. 70 Billion from Banking System Amid Excess Liquidity
    बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ खिच्ने
    Investor
    1 min read
    Published on June 2, 2025
    NEPSE trading

    बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ खिच्नेNRB to Withdraw Rs. 70 Billion from Banking System Amid Excess Liquidity

    बजारमा देखिएको तरलताको चाप घटाउन नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ खिच्ने भएको छ। दुई खर्ब १२ अर्ब रुपैयाँ परिपक्व नहुँदै राष्ट्र बैंकले ७० अर्ब संकलन गर्न निक्षेप संकलन उपकरणमार्फत बोलकबोलको प्रक्रिया सुरु गर्न लागेको हो।

    राष्ट्र बैंकले २१ दिन अवधिको लागि यो निक्षेप संकलन गरिन लागेको जनाएको छ। आज दिउँसो ३ बजेसम्म बोलकबोलको समय तोकिएको छ। न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडको भागमा विभाजन गर्दा बाँकी रकम निःशेष गरिने गरी आवेदन दिन सकिनेछ। निक्षेपको सावाँ तथा ब्याज असार ८ गते भुक्तानी गरिनेछ।

    बोलकबोल प्रतिस्पर्धात्मक हुने भएकाले ब्याजदर पनि प्रतिस्पर्धामार्फत निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्था वर्ग ‘क’, ‘ख’, र ‘ग’ ले मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन्। बोलकबोल गर्ने संस्थाहरूले आफू जम्मा गर्न चाहेको रकम र ब्याजदर दशमलव पछिका चार अंकसम्म स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ।

    सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइनेछ र मागअनुसार रकम बाँडफाँड गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ। समान ब्याजदर भएको अवस्थामा प्रो–रेट आधारमा रकम बाँडफाँट गरिनेछ। राष्ट्र बैंकले सम्पूर्ण वा आंशिक बोलपत्र अस्वीकार गर्ने अधिकार सुरक्षित राखेको छ।

    बोलपत्र स्वीकृत भएपछिको रकम सम्बन्धित काउण्टर पार्टीको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरिनेछ। यस्ता निक्षेपहरू अलग्गै खातामा राखिनेछन्। निक्षेप दिन तय गरिएको मितिमा काउन्टर पार्टीको खातामा रकम पर्याप्त नभएमा ती संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलहरूमा सहभागी हुन नपाउने प्रावधान पनि राष्ट्र बैंकले राखेको छ।

    संकलित निक्षेप र ब्याज असार ८ गते सम्बन्धित बैंकको राष्ट्र बैंक खातामा फिर्ता गरिनेछ। यस कदमबाट बजारमा मौद्रिक सन्तुलन कायम गर्न राष्ट्र बैंकले सक्रिय भूमिका निर्वाह गर्ने संकेत देखिएको छ।

    Kathmandu, Jestha 20 – Nepal Rastra Bank (NRB) is set to withdraw Rs. 70 billion from the banking system today in response to excessive liquidity in the market. Despite Rs. 212 billion yet to mature, the central bank is using its deposit collection instrument to mop up surplus funds.

    The deposit collection will be for a 21-day period, with bidding scheduled for 3 PM today. Bids must be placed in a minimum amount of Rs. 100 million, with increments in multiples of Rs. 50 million. Any leftover amount after division will not be accepted. The maturity date, including principal and interest, is set for Ashad 8 (approximately three weeks from today).

    The interest rate for this deposit collection will be determined through a competitive bidding process. Only 'A', 'B', and 'C' class banks and financial institutions licensed by NRB are eligible to participate.

    Each participating institution must specify both the amount they wish to deposit and the proposed interest rate (up to four decimal places). NRB will prioritize bids offering the lowest interest rates and allocate the funds accordingly. In case of identical interest rates and excess bids, the allocation will be made on a pro-rata basis.

    NRB reserves the right to accept or reject any or all bids, whether in full or in part.

    Once bids are approved, the corresponding amount will be deducted from the counterparty’s account held at NRB and credited to a separate deposit account. If an approved bidder’s account lacks sufficient funds on the settlement date, that institution will be blacklisted and barred from future bidding.

    On maturity, the principal and applicable interest will be refunded to the respective institution’s account at NRB.

    This move signals NRB's proactive effort to stabilize liquidity and maintain monetary discipline in the banking system.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026