
Top
1 min read
NEPSE TRADING
बुक बिल्डिङ्ग प्रक्रियामा नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्योNumber of Companies Under Book-Building Agreement with NEPSE Reaches Seven
बुक बिल्डिङ्ग निर्देशिका बमोजिम शेयर निष्काशनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग सम्झौता गरेका कम्पनीहरूको संख्या ७ पुगेको छ। नेप्सेले यसअघि ५ कम्पनीको सूची अद्यावधिक गर्दै थप २ कम्पनी समावेश गरी नयाँ सूची सार्वजनिक गरेको हो। थपिएका कम्पनीमा यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेड रहेका छन्। यसअघि सूचीमा नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेड रहेका थिए। यी कम्पनीहरूले बुक बिल्डिङ्ग विधिमार्फत योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको शेयरको शिलबन्दी बोलपत्र प्रक्रिया सञ्चालन गर्न नेप्सेसँग सहकार्य गरेका हुन्, जसअनुसार संस्थागत लगानीकर्ताले पहिले मूल्य प्रस्ताव गर्ने र सोही आधारमा अन्तिम शेयर मूल्य निर्धारण गरिनेछ ।
Under the book-building guideline, the number of companies that have signed agreements with the Nepal Stock Exchange (NEPSE) for share issuance has reached seven. NEPSE updated its earlier list of five companies by adding two new firms and publishing the revised list. The newly added companies are Yeti Brewery Limited and Nepal Tea Development Corporation Limited. Previously, the list included Norvic International Hospital and Medical College Limited, Jagdamba Spinning Mills Limited, Times Pharmaceuticals Limited, Laxmi Steels Limited, and Purwanchal Lub Oil Limited. These companies are working with NEPSE to conduct the sealed-bid book-building process for shares allocated to qualified institutional investors, where institutional investors first propose prices and the final share price is determined based on those bids.




