NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Number of Listed Companies Reaches 272, Banking & Insurance Hold Over 54% of Market Capita...
    सूचीकृत कम्पनी संख्या २७२ पुग्यो, बजार पुँजीकरणमा ५४ प्रतिशतभन्दा बढी हिस्सा बैंक तथा बीमा क्षेत्रको
    Investor
    1 min read
    Published on August 24, 2025
    NEPSE TRADING

    सूचीकृत कम्पनी संख्या २७२ पुग्यो, बजार पुँजीकरणमा ५४ प्रतिशतभन्दा बढी हिस्सा बैंक तथा बीमा क्षेत्रकोNumber of Listed Companies Reaches 272, Banking & Insurance Hold Over 54% of Market Capitalization

    काठमाडौं । २०८२ असार मसान्तसम्म नेपाल स्टक एक्सचेन्जमा (नेप्से) सूचीकृत कम्पनीहरूको संख्या बढेर २७२ पुगेको छ। अघिल्लो वर्ष २०८१ असारमा यो संख्या २७० मात्र थियो।

    सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका कम्पनी रहेका छन्।

    धितोपत्र बजार पुँजीकरणमा ५४.१ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले ओगटेका छन्। त्यस्तै, जलविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ५.४ प्रतिशत, व्यापारिक संस्थाको ५.० प्रतिशत, होटल क्षेत्रको २.७ प्रतिशत र अन्य समूहको ९.८ प्रतिशत रहेको छ।

    २०८२ असार मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको ८ अर्ब ८२ करोड कित्ता सेयरको चुक्ता पुँजी रु. ८६९ अर्ब ८६ करोड पुगेको छ।

    समीक्षा अवधिमा थप रु. ८३ अर्ब १९ करोड बराबरका धितोपत्र सूचीकृत भएका छन्। यसमा रु. ४० अर्ब २१ करोड साधारण सेयर, रु. २४ अर्ब ४२ करोड बोनस सेयर, रु. १३ अर्ब २३ करोड हकप्रद सेयर, रु. १ अर्ब २५ करोड म्युचुअल फण्ड, रु. ११ करोड २० लाख एफपीओ र रु. ३ अर्ब ९६ करोड अन्य सेयर रहेका छन्।

    त्यस्तै, नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनका लागि रु. ४५ अर्ब १६ करोड बराबरका धितोपत्रलाई अनुमति दिएको छ। जसमा रु. १५ अर्ब ४१ करोड हकप्रद सेयर, रु. १५ अर्ब २० करोड म्युचुअल फण्ड, रु. १० अर्ब ६२ करोड डिबेन्चर र रु. ३ अर्ब ९३ करोड साधारण सेयर रहेका छन्।

    विश्लेषकहरूका अनुसार, सूचीकृत कम्पनी संख्या र बजार पुँजीकरणमा देखिएको वृद्धि पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गएको स्पष्ट संकेत हो।

    As of the end of FY 2082 Ashad, the number of companies listed on the Nepal Stock Exchange (NEPSE) has increased to 272, up from 270 in the previous year.

    Among the listed companies, 132 are banks and financial institutions (including insurance companies), 91 are hydropower companies, 23 are manufacturing and processing industries, 7 are hotels, 7 are investment companies, 4 are trading companies, and 8 belong to other groups.

    In terms of market capitalization share, banks, financial institutions, and insurance companies account for 54.1 percent. Likewise, hydropower companies hold 15.3 percent, investment companies 7.7 percent, manufacturing and processing industries 5.4 percent, trading companies 5.0 percent, hotels 2.7 percent, and other groups 9.8 percent.

    By the end of FY 2082 Ashad, listed companies at NEPSE had a total paid-up capital of Rs. 869.86 billion, represented by 8.82 billion shares.

    During the review period, an additional Rs. 83.19 billion worth of securities were listed. This included Rs. 40.21 billion in ordinary shares, Rs. 24.42 billion in bonus shares, Rs. 13.23 billion in rights shares, Rs. 1.25 billion in mutual funds, Rs. 1.12 billion in FPOs, and Rs. 3.96 billion in other securities.

    Similarly, the Securities Board of Nepal (SEBON) approved the public issuance of securities worth Rs. 45.16 billion. This comprised Rs. 15.41 billion in rights shares, Rs. 15.20 billion in mutual funds, Rs. 10.62 billion in debentures, and Rs. 3.93 billion in ordinary shares.

    Analysts state that the increase in both the number of listed companies and market capitalization indicates growing investor confidence and a strengthening capital market in Nepal.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026