NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Nvidia's Stock Price Reaches Record High, Announces Stock Split
    एनभिडिया कम्पनीको सेयर भाउ रेकर्ड उच्च विन्दुमा, स्टक स्प्लिटको घोषणा
    Investor
    2 min read
    Published on May 24, 2024
    NEPSE trading

    एनभिडिया कम्पनीको सेयर भाउ रेकर्ड उच्च विन्दुमा, स्टक स्प्लिटको घोषणा Nvidia's Stock Price Reaches Record High, Announces Stock Split

    अमेरिकी प्रविधि कम्पनी एनभिडियाको सेयर भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सीएनबीसीका अनुसार, कम्पनीले अप्रिलमा समाप्त भएको पहिलो त्रैमासमा आकर्षक वित्तीय विवरण सार्वजनिक गरेपछि यो उचाइ हासिल गरेको हो।

    एनभिडियाको खुद नाफा सात गुणाले बढेर दोस्रो त्रैमासमा १४.८८ अर्ब डलर पुगेको छ, जुन गत वर्षको सोही अवधिमा २.०४ अर्ब डलर मात्र थियो। यसबाहेक, कम्पनीले २६.०४ अर्ब डलर बराबरको कुल आम्दानी गरेको छ। डाटा सेन्टरबाट आएको आम्दानीमा गत वर्षको तुलनामा ४२७ प्रतिशतले वृद्धि हुँदै २२.६ अर्ब डलर पुगेको छ। यसको प्रतिसेयर आम्दानी पनि ०.८२ डलरबाट बढेर ५.९८ डलर पुगेको छ।

    एनभिडियाको वित्तीय विवरणमा सुधार आउनुको कारण गुगल, माइक्रोसफ्ट, मेटा, अमेजन, र ओपनएआई जस्ता कम्पनीहरूले अरबौं डलर बराबरको एनभिडियाका ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) खरिद गरेका हुन्। यी जीपीयूहरू उन्नत र महँगो हुने गर्दछन्, जुन एआई एप्लिकेसनहरूमा प्रयोग गरिन्छ।

    सेयर भाउमा रेकर्ड उच्च विन्दु

    एनभिडियाले आकर्षक वित्तीय विवरण सार्वजनिक गरेपछि यसको सेयर भाउ रेकर्ड उच्च विन्दुमा पुगेको छ। बुधबार नियमित कारोबारमा ०.४६ प्रतिशतले भाउ घटेपनि अतिरिक्त समय (आफ्टर आवर) कारोबारमा ६.०६ प्रतिशतले बढेर हालसम्मकै उच्च १,००७ डलरमा पुगेको हो। सेयर भाउ ऐतिहासिक उचाइमा पुगेपछि कम्पनीले स्टक स्प्लिट गर्ने घोषणा गरेको छ।

    स्टक स्प्लिटको घोषणा

    एनभिडियाले १ कित्ता सेयर १० कित्ता हुनेगरी स्प्लिट गर्ने घोषणा गरेको हो। यो स्टक स्प्लिट आगामी जुन ७ देखि लागू हुने जानकारी कम्पनीले दिएको छ। पछिल्लो समय सेयर भाउमा निरन्तर वृद्धि हुँदा एनभिडिया निकै महँगो कम्पनी बनिसकेको छ। विगत ५ वर्षको अवधिमा कम्पनीको सेयर भाउ २५ गुणाले बढेको छ। सन् २०२४ मा मात्रै यसको सेयर शतप्रतिशत बढिसकेको छ।

    एनभिडियाको सफलता र भविष्य

    एनभिडियाको सफलता धेरै हदसम्म यसको एआई चिप्समा निर्भर रहेको छ। एआई एप्लिकेसनहरूमा प्रयोग हुने जीपीयूहरूको माग बढ्दै गएकाले कम्पनीको आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ। यी जीपीयूहरू अन्य कम्पनीहरूले खरिद गरेर आफ्नो एआई परियोजनाहरूमा प्रयोग गरिरहेका छन्, जसले गर्दा एनभिडियाको बजारमा पकड बलियो बनेको छ।

    यो स्टक स्प्लिटले पनि साना लगानीकर्ताहरूलाई सेयर खरिद गर्न आकर्षित गर्न सक्छ, जसले गर्दा बजारमा एनभिडियाको सेयरको माग अझै बढ्न सक्छ। एनभिडियाले आगामी दिनहरूमा आफ्नो वित्तीय प्रदर्शनलाई अझ सुदृढ बनाउन सक्ने अपेक्षा गरिएको छ।

    समग्रमा, एनभिडियाको सेयर भाउको वृद्धि र स्टक स्प्लिटको घोषणा कम्पनीको उज्ज्वल भविष्यको संकेत हो। यो प्रगति कम्पनीको नेतृत्व, रणनीति, र नवीन प्रविधिको परिणाम हो, जसले एनभिडियालाई विश्वभरिका प्रविधि बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गरेको छ।

    The stock price of American technology company Nvidia has reached an all-time high. According to CNBC, this milestone was achieved after the company released impressive financial results for the first quarter ending in April.

    Nvidia's net profit increased sevenfold, reaching $14.88 billion in the second quarter, compared to just $2.04 billion in the same period last year. Additionally, the company reported total revenue of $26.04 billion. Revenue from data centers saw a 427% increase from the previous year, reaching $22.6 billion. Nvidia's earnings per share also rose from $0.82 to $5.98.

    The improvement in Nvidia's financial performance is largely due to companies like Google, Microsoft, Meta, Amazon, and OpenAI purchasing billions of dollars worth of Nvidia's graphics processing units (GPUs). These GPUs are advanced and expensive, used primarily in AI applications.

    Record High Stock Price

    Following the release of its attractive financial results, Nvidia's stock price reached a record high. Although the stock price fell by 0.46% during regular trading on Wednesday, it surged by 6.06% during after-hours trading, reaching an all-time high of $1,007. With this historic high, the company announced a stock split.

    Announcement of Stock Split

    Nvidia has announced a stock split, where one share will be split into ten shares. This stock split will take effect from June 7, according to the company. The continuous rise in the stock price has made Nvidia a highly valued company. Over the past five years, the company's stock price has increased 25 times. In 2024 alone, its stock has doubled.

    Nvidia's Success and Future

    Nvidia's success largely hinges on its AI chips. The increasing demand for GPUs used in AI applications has significantly boosted the company's revenue. These GPUs are being purchased by other companies for use in their AI projects, strengthening Nvidia's market position.

    This stock split could attract smaller investors to buy shares, potentially increasing the demand for Nvidia's stock in the market. Nvidia is expected to further strengthen its financial performance in the coming days.

    Overall, the rise in Nvidia's stock price and the announcement of the stock split indicate a bright future for the company. This progress is the result of the company's leadership, strategy, and innovative technology, establishing Nvidia as a leading company in the global technology market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026