विश्व बजार : तेलको मूल्य घट्यो, गाजामा शान्ति योजना र अमेरिकी भण्डारणमा बजारको ध्यान
Author
NEPSE TRADING

तेलको मूल्य पाँच दिन लगातार बढेपछि पहिलो पटक घटेको छ । व्यापारीहरूले मध्यपूर्वमा तनाव कम हुने सम्भावना र अमेरिकामा तेलको भण्डारण बढेको सूचनामा ध्यान दिएका कारण बजारमा गिरावट आएको हो ।
पश्चिम टेक्सास इन्टरमिडियट (WTI) कच्चा तेलको मूल्य प्रतिब्यारेल ६२ अमेरिकी डलरभन्दा तल झर्यो भने ब्रेन्ट क्रुड तेल ६६ डलरमाथि स्थिर रह्यो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्रायल र हमासबीच गाजामा रहेका सबै बन्धकहरूको मुक्तिका लागि सम्झौता भएको घोषणा गरेका छन् । यसलाई दुई वर्षदेखि जारी युद्ध अन्त्यतर्फको ठूलो प्रगतिका रूपमा हेरिएको छ ।
विश्लेषकहरूको भनाइमा, यदि उक्त शान्ति योजना सफलतापूर्वक कार्यान्वयन भयो भने मध्यपूर्वबाट तेल आपूर्तिमा स्थायित्व आउनेछ र यसले बजारमा दबाब थप्ने सम्भावना छ । साथै, अमेरिकामा तेलको भण्डारण बढ्दै गएपछि आपूर्ति बढी हुने आशंकाले पनि मूल्यमा गिरावट ल्याएको हो ।
तेल बजारमा पछिल्ला केही हप्ता geopolitical जोखिमका कारण तीव्र उतारचढाव देखिँदै आएको छ । तर, शान्ति वार्ताको सकारात्मक संकेतले बजारलाई अस्थायी स्थिरता दिलाउने विश्लेषकहरूको अनुमान छ ।