NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Oil Prices Fall and Stock Markets Rise After Trump’s Announcement; Iran Denies Claim
    ट्रम्पको घोषणा पश्चात तेल मूल्य घट्यो, सेयर बजारमा सुधार – इरानले दाबी अस्वीकार
    Top
    1 min read
    Published on March 24, 2026
    NEPSETRADING

    ट्रम्पको घोषणा पश्चात तेल मूल्य घट्यो, सेयर बजारमा सुधार – इरानले दाबी अस्वीकारOil Prices Fall and Stock Markets Rise After Trump’s Announcement; Iran Denies Claim

    काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विद्युत केन्द्रमाथि आक्रमण केही दिनका लागि स्थगित गर्ने घोषणा गरेपछि विश्व तेल बजारमा मूल्य ह्वात्तै घटेको छ भने युरोपेली र अमेरिकी सेयर बजारमा सुधार देखिएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन् कि अमेरिका र इरानबीच मध्यपूर्वको द्वन्द्वको समाधानका लागि सप्ताहन्तमा वार्ता भएको र वार्ता गहन, विस्तृत र रचनात्मक भएकाले सेनालाई इरानका विद्युत केन्द्रमाथि आक्रमण पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएको बताए।तर, इरानले ट्रम्पको दाबी पूर्ण रूपमा अस्वीकार गरेको छ। इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जालमार्फत यो समाचारलाई फेक र अमेरिका तथा इजरायलको दलदलबाट बाहिर निस्कन फैलाइएको झुटो समाचार भनेका छन्। यसअघि ट्रम्पले होर्मुज समुद्री मार्ग ४८ घन्टाभित्र नखुले इरानका विद्युत केन्द्र नष्ट पारिने धम्की दिएका थिए। यस द्वन्द्वले विश्व वित्तीय बजारमा अस्थिरता ल्याएको छ।तेल मूल्यमा सोमबार एक बिन्दुमा अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य $113 प्रति ब्यारेल पुगेको थियो। तर ट्रम्पको बयानपछि मूल्य तीव्र गतिमा घटेर $96 प्रति ब्यारेलमा झरेको छ। विश्लेषकका अनुसार मूल्य अझै $100 माथि रहँदा उपभोक्ता र व्यावसायिक प्रतिष्ठानहरूलाई ऊर्जाको बोझ रहन्छ। सेयर बजारमा बेलायत, जर्मनी, फ्रान्स र अमेरिकाका प्रमुख सूचकांक सकारात्मक क्षेत्रमा बन्द भए। तर एसियाली बजार, विशेष गरी जापान र दक्षिण कोरियामा, होर्मुज जलसन्धिबाट ऊर्जा आपूर्तिमा निर्भरता भएकोले भारी गिरावट देखिएको छ।अन्तर्राष्ट्रिय ऊर्जा निकायका प्रमुख फातिह बिरोलले यो संकटलाई १९७० को दशकको तेल संकट र २०२२ मा रूस–यूक्रेन द्वन्द्वपछिको ऊर्जा संकटसँग तुलना गर्दै यसले विश्वभर नीति निर्मातालाई सतर्क बनाएको बताएका छन्। बेलायतका प्रधानमन्त्री सर किर स्टार्मरले उच्चस्तरीय बैठक बोलाएर ऊर्जा सुरक्षा, आपूर्ति शृंखला मजबुती र युद्धले जनजीवनमा पार्ने प्रभावबारे छलफल गरेका छन्।लगानी विशेषज्ञ सुसानाह स्ट्रिटरका अनुसार ट्रम्पका बयानले बजारलाई अस्थिर बनाएको छ। आपूर्ति मार्गमा भएको क्षति र पूर्वाधार नोक्सानीका कारण मध्यपूर्वबाट तेल आपूर्ति कम हुने अपेक्षा गरिएको छ र यसको असर विश्व अर्थतन्त्रमा लामो समयसम्म देखिने छ।
    Kathmandu: Following U.S. President Donald Trump’s announcement to postpone attacks on Iranian power plants for a few days, global oil prices plummeted, while European and American stock markets rose. Trump posted on his social media platform “Truth Social” that weekend talks between the U.S. and Iran aimed at a comprehensive resolution of the Middle East conflict were deep, detailed, and constructive, prompting him to direct the military to delay attacks on Iranian energy infrastructure for five days.However, Iran has completely denied Trump’s claim. Iranian Parliament Speaker Mohammad Bagher Ghalibaf called the report false, stating it was spread to manipulate financial and oil markets and escape the entanglement of the U.S. and Israel. Earlier, Trump had threatened to destroy Iranian power plants within 48 hours if the Hormuz Strait remained closed, heightening concerns of a prolonged conflict and global market volatility.On the oil front, international crude oil prices touched $113 per barrel on Monday but quickly dropped to $96 per barrel following Trump’s statement. Analysts note that prices remaining above $100 will continue to burden consumers and businesses. European and U.S. stock indices closed in positive territory, while Asian markets, particularly Japan and South Korea, saw significant fluctuations due to their dependency on oil via the Hormuz Strait.Fatih Birol, head of the International Energy Agency, compared this crisis to the 1970s oil shocks and the post-2022 Russia–Ukraine energy crisis, warning global policymakers of prolonged economic implications. UK Prime Minister Sir Keir Starmer convened a high-level emergency meeting to discuss energy security, supply chain resilience, and the conflict’s impact on public costs.Investment expert Susanah Stritter emphasized that Trump’s statements have destabilized markets. Even if hostilities temporarily cease, supply disruptions and infrastructure damage are expected to reduce Middle East oil exports significantly, and the economic impact will be felt worldwide for an extended period.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026