
अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो भए पनि नेपालमा राहत छैनOil Prices Fall Globally, But Nepal Yet to Pass on Relief to Consumers
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटिसकेको भए पनि नेपालमा पेट्रोलियम पदार्थको खुद्रा मूल्य ज्यूँकात्यूँ छ। मूल्य बढ्दा तत्काल समायोजन गर्ने सरकार र नेपाल आयल निगम अहिले भने प्राविधिक प्रक्रियाको ढाल बनाउँदै उपभोक्तालाई राहत दिनबाट पछि हटिरहेका छन्।
मध्यपूर्व युद्धका बेला प्रतिव्यारेल ११० डलर नाघेको ब्रेन्ट क्रुडको मूल्य हाल ७२–७३ डलरमा झरेको छ। डब्लुटीआई कच्चा तेल पनि ६९–७० डलरको हाराहारीमा पुगेको छ। अघिल्लो महिनाको तुलनामा मात्रै मूल्य २० प्रतिशतभन्दा बढीले घटेको छ।
तर यसको प्रत्यक्ष लाभ नेपाली उपभोक्ताले अझै पाउन सकेका छैनन्। निगमले पेट्रोल र डिजेलको मूल्य महिनाको १ र १६ गते मात्रै समायोजन हुने बताउँदै आएको छ। यद्यपि विगतमा यो कार्यतालिका नियमित पालना भएको देखिँदैन। २०८२ चैतमा एकै महिनाभित्र पाँच पटकसम्म मूल्य वृद्धि गरिएको थियो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले चाँडै मूल्य घट्ने आश्वासन दिएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले नेपाल भारतीय आयल निगममार्फत इन्धन आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय मूल्य परिवर्तनको प्रभाव आउन केही समय लाग्ने बताए।
उपभोक्ताले भने मूल्य बढ्दा हतारिने र घट्दा बहाना बनाउने दोहोरो चरित्रप्रति असन्तोष जनाएका छन्। विश्व बजारमा आएको मूल्य गिरावटको लाभ ढिलाइ नगरी आफूहरूसम्म पुर्याउनुपर्ने उनीहरूको माग छ।
Despite a significant drop in crude oil prices on the international market, retail prices of petroleum products in Nepal remain unchanged. The government and Nepal Oil Corporation, known for swiftly raising prices when costs go up, are now citing technical procedures to delay passing on the benefit to consumers.
Brent crude, which had surged past 110 dollars per barrel at the height of the Middle East conflict, has now fallen back to around 72 to 73 dollars. WTI crude has similarly dropped to the 69 to 70 dollar range. Overall, prices have fallen by more than 20 percent compared to just last month.
However, Nepali consumers are yet to see any reduction at the pump. The Nepal Oil Corporation maintains that petrol and diesel prices are adjusted only on the 1st and 16th of each month. Yet this schedule has not been consistently followed in the past. Notably, during Chaitra of 2082, prices were hiked five times within a single month citing rising international costs.
Finance Minister Swarneem Wagle has assured that fuel prices will come down soon. Speaking in the House of Representatives, he explained that since Nepal imports fuel through the Indian Oil Corporation, some time is needed before international price changes are reflected domestically.
Consumers, however, are frustrated with what they see as a double standard. They argue that while price hikes are implemented immediately, reductions are delayed under the cover of process and procedure. Their demand is simple — the benefit of falling global oil prices must reach ordinary Nepalis without further delay.



