·
ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ आवेदन अब मात्र ३ दिन बाँकी!
Author
Nepse trading

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा आवेदन दिन फागुन ५ गते सोमबारसम्म मात्र समय बाँकी रहेको छ। वैदेशिक रोजगारीमा गएका नेपालीका लागि यो विशेष अवसर रहेको छ।
✔ १२ करोड ४३ लाख रुपैयाँभन्दा बढीको आवेदन परिसकेको छ।
✔ ४७ हजार ६४५ आवेदकले १२ लाख ४३ हजार ८२० कित्ता सेयर माग गरिसकेका छन्।
✔ १ लाख ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरूका लागि छुट्याइएको।
✔ कुल १८ लाख कित्ता मध्ये १४.७६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने।
✔ न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता आवेदन दिन सकिने।
✔ प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको।
✔ मेरो सेयर तथा आस्वा प्रणालीमार्फत आवेदन दिन सकिने।