उनान्तीसौं (२९) वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति : २०८३।०६।०४
श्री शेयरधनी महानुभावहरू,
यस ओरियन्टल होटल्स् लिमिटेडको सञ्चालक समितिको मिति २०८३ आश्विन २ गते शुक्रबार बसेको आ.व. २०८३/८४ को दोस्रो बैठकको निर्णय बमोजिम कम्पनीको उनान्तीसौं वार्षिक साधारण सभा देहायको मिति, समय र स्थानमा देहायका विषयहरू उपर छलफल र निर्णय गर्न बस्ने भएकोले उक्त साधारण सभामा शेयरधनीहरू स्वयम् वा रीतपूर्वकको प्रतिनिधित्वद्वारा उपस्थित हुन जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. सभा हुने मिति स्थान र समय:
मिति: २०८३ आश्विन २९ गते बिहीबार (१५ अक्टोबर २०२६)
समय: दिनको ११:०० बजे ।
स्थान: नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर ।
२. छलफलका विषयहरू:
क. सामान्य प्रस्ताव
- सञ्चालक समितिको अध्यक्षज्यूको मन्तव्यसहित उनान्तीसौं वार्षिक साधारण सभा आ.व. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
- लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ असार मसान्तको वासलात तथा आ. व. २०८२/८३ को नाफा नोक्सान हिसाब, एवम् सोही अवधिको नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धी वित्तीय विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने ।
- लेखापरीक्षण समितिको सिफारिस अनुसार आ.व. २०८३/८४ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरीक्षक श्री सुवोध एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स, काठमाडौं, पुनः नियुक्त हुन सक्नुहुने छ ।)
ख. विविध ।
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव
द्रष्टव्य: शेयरधनी महानुभावहरूको सुविधाको लागि सभाहल बिहानको १० बजेदेखि खुला रहनेछ ।
साधारण सभा सम्बन्धी जानकारी
- उनान्तीसौं साधारण सभामा उपस्थित हुने शेयरधनी महानुभावहरूले आफ्नो शेयर प्रमाणपत्र वा हितग्राही (Demat Account) शेयर अभौतिकीकरण (Dematerialization) खाताको आधिकारिक निस्साका साथै आफ्नो परिचय खुल्ने प्रमाण (जस्तै: नागरिकताको प्रमाणपत्र, वा अन्य कुनै परिचयपत्र) सभा हुने दिन अनिवार्य रुपमा साथमा लिई आउन हुन अनुरोध छ ।
- सभामा भाग लिन तथा मतदान प्रतिनिधि नियुक्त गर्न चाहने महानुभावहरूले सभा शुरु हुने निर्धारित समय भन्दा कम्तीमा ४८ घण्टा अगावै एनआईएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा प्रोक्सी दर्ता गरिसक्नु पर्नेछ । प्रतिनिधि नियुक्त गरिसके पछि शेयरधनी स्वयं सभामा उपस्थित भएमा सो प्रोक्सी स्वतः बदर हुनेछ ।
- नाबालक वा मानसिक सन्तुलन ठीक नभएको शेयरधनीहरूको तर्फबाट कम्पनीको शेयर लगत दर्ता किताबमा संरक्षकको रुपमा नाम दर्ता भएको महानुभावहरूले सभामा भाग लिन, मतदान गर्न वा प्रतिनिधि तोक्न सक्नु हुनेछ ।
- संयुक्त रुपमा शेयर खरिद गरिएको अवस्थामा शेयरधनीको लगत दर्ता किताबमा पहिले नाम उल्लेख भएको व्यक्ति अथवा सर्वसम्मतबाट प्रतिनिधि नियुक्त गरिएको एक व्यक्तिले मात्र सभामा भाग लिन वा मतदान गर्न पाउनुहुनेछ ।
- शान्ति सुरक्षाका कारण साधारण सभामा उपस्थित हुनुहुने शेयरधनी महानुभावहरूले झोला/व्याग आदि नल्याई दिनहुन अनुरोध छ । सभा अवधिभर सभा स्थलमा रहेका सुरक्षाकर्मीले आवश्यक देखेमा सुरक्षा जाँच गर्न सक्ने भएको हुँदा सुरक्षा जाँचमा सहयोग गरिदिनहुन शेयरधनी महानुभावहरूलाई अनुरोध छ ।
- शेयरधनी महानुभावहरूको सुविधाका लागि हाजिरी पुस्तिका बिहान १०:०० बजेदेखि खुल्ला रहनेछ ।
- मिति २०८३/६/१३ गते देखि २०८३/६/२९ गतेसम्म कम्पनीको शेयर दाखिल खारेज बन्द गरिनेछ । साथै, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३/६/१२ गतेसम्म नियमानुसार कारोबार भई यस कम्पनीको शेयर दाखिल खारेजका लागि प्राप्त हुन आएका शेयरधनी महानुभावहरूलाई यस साधारण सभाको प्रयोजनको लागि शेयरधनी कायम गरिनेछ ।



