NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Over NPR 24 Billion Increase in Personal Housing Loans
    व्यक्तिगत आवास निर्माण कर्जामा २४ अर्बभन्दा बढीको वृद्धि
    Investor
    1 min read
    Published on August 11, 2025
    NEPSE trading

    व्यक्तिगत आवास निर्माण कर्जामा २४ अर्बभन्दा बढीको वृद्धिOver NPR 24 Billion Increase in Personal Housing Loans

    व्यक्तिगत आवास निर्माणमा हालसालै तीव्र वृद्धि देखिँदा यससँग सम्बन्धित कर्जा प्रवाहमा समेत उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत आवास निर्माणका लागि २४ अर्ब ६३ करोड ३० लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्, जुन गत आवको तुलनामा ठूलो वृद्धि हो।

    नेपाल राष्ट्र बैंकका अनुसार, ५४ वटा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले घर निर्माणका लागि कुल ४ खर्ब १० अर्ब ४ करोड ५० लाख रुपैयाँ कर्जा उपलब्ध गराएका छन्। यो अघिल्लो वर्षको सोही अवधिभन्दा करिब २४ अर्ब रुपैयाँ बढी हो।

    ब्याजदर घट्नु, रेमिट्यान्स प्रवाह उच्च हुनु र रियल इस्टेट क्षेत्र पुनः सक्रिय बन्नु कर्जा माग वृद्धि हुने मुख्य कारण रहेको बैंकिङ क्षेत्रका प्रतिनिधिहरूको भनाइ छ। वाणिज्य बैंकहरूले मात्र जेठ मसान्तसम्म तीन खर्ब २६ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी व्यक्तिगत आवास कर्जा प्रवाह गरेका छन्। विकास बैंकहरूले ६८ अर्ब ६७ करोड ५० लाख रुपैयाँ र फाइनान्स कम्पनीहरूले १४ अर्ब ६४ करोड ४० लाख रुपैयाँ कर्जा उपलब्ध गराएका छन्।

    विशेषज्ञहरूका अनुसार, व्यक्तिगत आवास कर्जाले रियल इस्टेट तथा निर्माण क्षेत्रमा रोजगारी सृजना गर्नुका साथै समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दछ। चालु मौद्रिक नीतिले पनि घरजग्गा क्षेत्रमा कर्जा प्रवाहलाई प्रोत्साहन गरेको छ।

    हाल बैंक तथा वित्तीय संस्थाहरूले घर निर्माणका लागि विभिन्न अफर, योजना र स्कीमहरू ल्याएर ग्राहक आकर्षण बढाइरहेका छन्। जग्गाको मूल्य स्थिर रहँदा पनि कर्जा प्रवाह बढिरहेको देखिन्छ।

    यसैबीच, गत आर्थिक वर्षको ११ महिनासम्म बैंकिङ क्षेत्रबाट कुल कर्जा ५५ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षभन्दा करिब ४ खर्ब २६ अर्ब बढी हो। वाणिज्य बैंकको कर्जा हिस्सेदारी सबैभन्दा ठूलो रहँदा विकास बैंक र फाइनान्स कम्पनी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

    बैंकरहरूले मौद्रिक नीतिमा केही लचकता देखिए पनि गैरबैंकिङ क्षेत्रको सम्पत्ति बढ्दै गएको र पुँजीकोषमा दबाब रहेकाले कर्जा प्रवाहमा दीर्घकालीन रूपमा उच्च वृद्धि गर्न चुनौती रहेको बताएका छन्।

    A significant rise in personal housing construction has driven notable growth in housing-related loans. By the end of Jestha in the fiscal year 2081/82, banks and financial institutions had disbursed more than NPR 24.63 billion in additional loans for personal housing construction compared to the previous fiscal year.

    According to Nepal Rastra Bank, 54 commercial banks, development banks, and finance companies have provided a total of NPR 410.04 billion in loans for personal housing. This marks an increase of about NPR 24 billion over the same period last year.

    Banking officials attribute the surge in demand for housing loans to lower interest rates, high remittance inflows, and the reactivation of the real estate sector, which has led to the rapid expansion of housing projects. Commercial banks alone disbursed over NPR 326.72 billion in personal housing loans by the end of Jestha, while development banks and finance companies disbursed NPR 68.67 billion and NPR 14.64 billion, respectively.

    Experts say personal housing loans contribute to job creation in the real estate and construction sectors and have a positive impact on the overall economy. The current monetary policy has also encouraged loan flow into the housing and land sectors.

    Banks and financial institutions are currently offering various schemes, offers, and plans to attract customers for housing loans. Despite stable land prices, loan disbursement continues to rise.

    Meanwhile, in the first 11 months of the previous fiscal year, the total credit flow from the banking sector reached NPR 5.554 trillion, which is around NPR 426 billion higher than the year before. Commercial banks hold the largest share of total credit, followed by development banks and finance companies.

    Bankers note that although there is some flexibility in monetary policy, the growing assets of the non-banking sector and pressure on capital funds pose challenges to sustaining a high level of credit growth in the long term.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026