NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Over NPR 324 Billion Idle at Nepal Rastra Bank, Central Bank to Absorb Additional NPR 50 B...
    बैंकहरुले लगानी गर्न नसकेको ३ खर्ब २४ अर्ब राष्ट्र बैंकमा थन्कियो, केन्द्रीय बैंकले फेरि ५० अर्ब तान्दै
    Investor
    2 min read
    Published on May 21, 2025
    NEPSE trading

    बैंकहरुले लगानी गर्न नसकेको ३ खर्ब २४ अर्ब राष्ट्र बैंकमा थन्कियो, केन्द्रीय बैंकले फेरि ५० अर्ब तान्दैOver NPR 324 Billion Idle at Nepal Rastra Bank, Central Bank to Absorb Additional NPR 50 Billion Today

    हाल बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्न नसकेको करिब ३ खर्ब २४ अर्ब ६० करोड रुपैयाँ नेपाल राष्ट्र बैंकको विभिन्न मौद्रिक उपकरणमार्फत केन्द्रीय बैंकमा थन्किएको छ। केन्द्रीय बैंकले आज फेरि ५० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) को माध्यमबाट बजारबाट तान्ने भएको छ।

    राष्ट्र बैंकले तरलता व्यवस्थापनको उद्देश्यले यस्ता उपकरण जारी गर्दै आएको हो। बैंकहरुले लगानी गर्न नसकेको रकम निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा (SDF) मा राख्दै आएका छन्। वैशाख १७ गते परिपक्क भएको ५० अर्ब रुपैयाँको निक्षेपको सट्टामा राष्ट्र बैंक आज पुनः नयाँ ५० अर्ब रुपैयाँको उपकरण जारी गर्न लागेको हो।

    अहिलेसम्म बैंकहरुले:

    • १ खर्ब ४० अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन उपकरणमा

    • १ खर्ब ८४ अर्ब १० करोड रुपैयाँ SDF मा राखेका छन्, जुन बिहीबार परिपक्क हुँदैछ।

    पछिल्लो एक वर्षयता देशको वित्तीय प्रणालीमा करिब ६ खर्ब ७० अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको देखिएको छ। तर कर्जा प्रवाह सुस्त हुँदा त्यो रकम बैंकिङ प्रणालीमै थन्किन पुगेको हो। राष्ट्र बैंकको तथ्यांक अनुसार:

    • बैंकिङ प्रणालीमा हाल ६८ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप छ।

      • वाणिज्य बैंकको निक्षेप: ६१ खर्ब ५१ अर्ब

      • अन्य वित्तीय संस्थाको निक्षेप: ७ खर्ब ३४ अर्ब

    • कुल कर्जा प्रवाह: ५५ खर्ब २७ अर्ब

      • वाणिज्य बैंकको कर्जा: ४९ खर्ब ९ अर्ब

      • अन्य संस्थाको कर्जा: ६ खर्ब १७ अर्ब

    औसत सीडी रेसियो (CD Ratio) हाल ७९.०६% कायम रहेको छ। बैंकहरुले निक्षेपको अधिकतम ९०% सम्म कर्जा लगानी गर्न पाउने कानुनी व्यवस्था भए तापनि अहिले पनि ठूलो परिमाणमा तरलता बाँकी देखिएको छ।

    राष्ट्र बैंकले आज जारी गर्न लागेको ५० अर्बको उपकरण २१ दिन अवधिको हुनेछ, जसको भुक्तानी मिति जेठ २५ गते तोकिएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन्। न्यूनतम १० करोड र अधिकतम ५ अर्ब सम्म माग गर्न सकिनेछ।

    ब्याजदर भने प्रतिस्पर्धात्मक बोलकबोल (auction) बाट निर्धारण हुनेछ। यसअघि वैशाख महिनामा मात्र राष्ट्र बैंकले ८ पटक यस्ता उपकरण जारी गरिसकेको छ। जेठ महिनामा यो दोस्रो पटक हो।

    वित्तीय विश्लेषकहरूले राष्ट्र बैंकको यस्ता पहललाई मौद्रिक सन्तुलन कायम राख्नका लागि अपरिहार्य कदमको रूपमा लिएका छन्। तर, दीर्घकालीन समाधानका लागि कर्जा प्रवाहको गति बढाउनु अत्यावश्यक रहेको उनीहरूको सुझाव छ।

    Around NPR 324.60 billion that banks and financial institutions have been unable to invest remains parked at the Nepal Rastra Bank (NRB) through various monetary instruments. In an effort to manage excess liquidity in the financial system, the central bank is set to withdraw an additional NPR 50 billion today via a 21-day Deposit Collection Instrument.

    Due to prolonged sluggishness in loan disbursement despite falling interest rates, the banking system has seen continued excess liquidity. As a response, NRB has been using tools such as Deposit Collection Instruments and the Standing Deposit Facility (SDF) to mop up surplus funds.

    The NPR 50 billion being absorbed today replaces an equal amount that matured on Baisakh 17 (April 29). Currently:

    • NPR 140.50 billion remains in deposit collection instruments,

    • NPR 184.10 billion is parked in the SDF, set to mature this Thursday.

    Together, this adds up to NPR 324.60 billion lying idle in short-term NRB instruments as of Wednesday, Jestha 7 (May 21).

    Earlier, on Sunday, NRB had issued a similar 21-day instrument worth NPR 24 billion. In that round, 12 banks and financial institutions placed NPR 20.60 billion at an average interest rate of 2.99%. The central bank has issued such instruments 8 times in Baisakh alone and this is the second issuance in Jestha.

    Eligible banks and financial institutions can submit bids until 3 PM today, with repayment (principal + interest) scheduled for Jestha 25 (June 7, 2025). Interest rates will be determined through competitive bidding. The minimum bid size is NPR 100 million, and the maximum is NPR 5 billion per institution.

    As of now, total deposits in the banking system have surged to NPR 6.885 trillion — largely due to improved remittance inflows:

    • Commercial banks hold NPR 6.151 trillion,

    • Other financial institutions hold NPR 734 billion.

    Total lending stands at NPR 5.527 trillion, with:

    • Commercial banks disbursing NPR 4.907 trillion,

    • Other institutions disbursing NPR 617 billion.

    The average Credit-to-Deposit Ratio (CD Ratio) stands at 79.06%, below the regulatory ceiling of 90%, indicating that banks still have approximately NPR 670 billion in investable funds.

    Experts suggest that while NRB’s absorption tools are effective in short-term liquidity management, long-term stability requires acceleration in loan disbursement and real economic activity.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026