NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Over NPR 454 Million Disbursed Under Returnee Youth Loan Scheme; NPR 132 Million Still Unr...
    वैदेशिक रोजगारीबाट फर्किएका युवा उद्यम कर्जा :  ५५९ जनाले लिए ४५ करोडभन्दा बढी
    Investor
    2 min read
    Published on June 18, 2025
    NEPSE TRADING

    वैदेशिक रोजगारीबाट फर्किएका युवा उद्यम कर्जा : ५५९ जनाले लिए ४५ करोडभन्दा बढी Over NPR 454 Million Disbursed Under Returnee Youth Loan Scheme; NPR 132 Million Still Unrecovered

    वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने भन्दै सरकारले सुरु गरेको ‘फर्किएका युवा परियोजना कर्जा’ कार्यक्रम कागजमै सीमित देखिन थालेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ सालको बैशाख मसान्तसम्म देशभर ५५९ जना फर्किएका युवाले कर्जा लिएका छन्। तर, योजना लागू भएको लामो समय बितिसक्दा पनि बाँकी कर्जा फिर्तीको अवस्था कमजोर देखिएको छ।

    राष्ट्र बैंकका अनुसार अहिलेसम्म ४५ करोड ४३ लाख रुपैयाँ बराबरको कर्जा स्वीकृत भएको छ। तर, सो मध्ये १३ करोड २९ लाख रुपैयाँ अर्थात् २९.३ प्रतिशत कर्जा अझै असुल हुन सकेको छैन। यो तथ्यांकले योजनाको प्रभावकारितामाथि प्रश्न उठाएको छ।

    कुल कर्जा मध्ये करिब ९३ प्रतिशत भन्दा बढी ‘क’ वर्गका वाणिज्य बैंकहरू मार्फत वितरण भएको छ। ५१९ जनाले यिनै बैंकहरूबाट कर्जा लिएका छन्। ‘ख’ वर्गका बैंकहरूले ३३ जनालाई, ‘ग’ वर्गका बैंकहरूले ७ जनालाई मात्र कर्जा दिएका छन्। ‘घ’ वर्गका संस्थाहरूले भने कर्जा वितरणमा सहभागिता जनाएका छैनन्। यसले योजना अझै पनि शहरी केन्द्रमा सीमित रहेको स्पष्ट देखाउँछ।

    नीतिगत रुपमा योजना सकारात्मक देखिए पनि कार्यान्वयन पक्ष कमजोर छ। कर्जा लिएर व्यवसाय सुरु गरेका कतिपय युवाले योजना अनुसार प्रतिफल निकाल्न सकेका छैनन्। कोही व्यवसाय संचालनमै समस्या झेलिरहेका छन् भने कतिपयले कर्जाको रकम अन्यत्रै खर्च गरेको आशंका पनि छ।

    योजना ल्याउने उद्देश्य भने राम्रै थियो— फर्किएका युवालाई आत्मनिर्भर बनाउने र पुनः वैदेशिक रोजगारतर्फ नलाग्ने वातावरण बनाउने। तर, कर्जा मात्र दिई पुनः अनुगमन नगर्ने, व्यवसायिक योजना मूल्याङ्कन नगर्ने र फिर्ती व्यवस्थापन नगर्ने जस्ता कमजोरीले योजना फितलो बन्दै गएको छ।

    अधिकांश फर्किएका युवाले व्यवसाय गर्न चाहन्छन्, तर बजारको जानकारी, योजना बनाउने सीप, व्यवसायिक प्रशिक्षण नहुँदा उनीहरू कर्जाको रकम कहाँ, कसरी प्रयोग गर्ने भन्नेमा अनिश्चित हुन्छन्। बैंकहरू पनि रकम वितरणपछि निगरानी गर्ने पक्षमा खासै सक्रिय देखिँदैनन्।

    विशेषज्ञहरू भन्छन्— योजना विस्तार गर्न चाहिने हो भने स्थानीय तहसँग समन्वय, सहकारीसँग साझेदारी, तालिम र अनुगमन प्रणाली थप प्रभावकारी बनाइनुपर्छ। कर्जा सँगै सीप, परामर्श र बजारको पहुँच दिलाउन सके मात्र यो योजना सफल हुन्छ।

    फर्किएका युवा परियोजना कर्जा योजनाले प्रारम्भिक चरणमा केही राहत दिएको देखिए पनि दीर्घकालीन रुपमा सफल बनाउन अब ठोस हस्तक्षेप आवश्यक छ। नत्र अहिले बाँकी रहेको १३ करोड मात्र होइन, भविष्यमा झनै ठूलो रकम डुबानमा पर्ने खतरा छ।
    सवाल कर्जा दिनुको मात्र होइन, त्यसको सदुपयोग र फिर्ती सुनिश्चित गर्नु पनि हो। त्यो नबुझिने हो भने, सरकारको राम्रो नियत पनि कागजमै सीमित हुने निश्चित छ।

    The government’s flagship program aimed at helping returnee migrant workers reintegrate into the national economy appears to be losing momentum. According to data published by Nepal Rastra Bank, a total of 559 returnees have received loans under the Returnee Youth Enterprise Loan Scheme as of the end of Baisakh 2082. However, despite the policy intent, repayment progress remains weak.

    The data shows that NPR 454.39 million has been disbursed so far, but a worrying NPR 132.9 million, or 29.3 percent, of the total loaned amount remains outstanding. This figure has raised concerns over the sustainability and monitoring of a program designed to convert foreign experience into local entrepreneurship.

    A majority of the loans — over 93 percent — have been disbursed by Class A commercial banks, with 519 out of 559 borrowers accessing loans through them. In comparison, Class B banks have served just 33 individuals, and Class C banks only 7. Not a single loan has been issued by Class D institutions, exposing the program’s limited presence in rural and semi-urban areas where most returnees actually live.

    While the objective behind the scheme is well-intentioned — to make returnees self-reliant and prevent re-migration — the ground-level implementation has been inconsistent. Many youth who received loans have struggled to start or sustain businesses. Some are operating at a loss, while others are suspected of misusing the funds for personal consumption or unproductive expenses.

    The government’s intent was clear: offer returnees a chance to become entrepreneurs rather than going abroad again. However, gaps in post-loan monitoring, business evaluation, and repayment enforcement have weakened the initiative’s overall impact.

    Many returnees have the drive to work, but lack business planning, market awareness, and technical skills. Without structured guidance, they are often unclear on how to effectively use the borrowed capital. Banks, meanwhile, have not been active in post-disbursement follow-up, leaving most borrowers on their own.

    Experts warn that unless urgent steps are taken, the program could collapse under its own inefficiencies. They recommend the government:

    • Coordinate closely with local governments,

    • Partner with cooperatives for outreach and distribution,

    • Provide mandatory business training and technical support, and

    • Set up a robust follow-up and tracking system.

    If these structural issues aren’t addressed, the program risks being remembered as another paper policy with no real outcomes.

    While the Returnee Youth Loan Scheme has had some initial success in mobilizing credit, the current repayment gap and weak institutional support mechanisms point to deeper flaws. It’s not just about disbursing loans — it's about ensuring the funds are used productively and repaid responsibly.
    If the government fails to act quickly, more than NPR 132 million already at risk may only be the beginning.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026