NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Over Rs. 35 Billion in Foreign Investment Commitments in the First Three Months of FY 2082...
    ३ महिनामा रु ३५ अर्बभन्दा बढी वैदेशिक लगानीको प्रतिबद्धता
    Investor
    1 min read
    Published on October 21, 2025
    NEPSE TRADING

    ३ महिनामा रु ३५ अर्बभन्दा बढी वैदेशिक लगानीको प्रतिबद्धताOver Rs. 35 Billion in Foreign Investment Commitments in the First Three Months of FY 2082/83

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालले रु ३५ अर्बभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी (FDI) प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागले सार्वजनिक गरेको ताजा मासिक प्रतिवेदन अनुसार साउनदेखि असोज मसान्तसम्मका अवधिमा देशभरका ३११ वटा उद्योगमा रु ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार बराबरको लगानी प्रतिबद्धता दर्ता भएको हो।

    उद्योग विभागका अनुसार यस अवधिमा ७ वटा ठूला, ४ वटा मध्यम, र ३०० वटा साना उद्योगहरूमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ। गत असोज महिनामात्रै ७५ वटा साना उद्योगमा रु २ अर्ब ४ करोड ५७ लाख ३२ हजार बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

    विभागका तथ्यांक अनुसार हालसम्म नेपालमा दर्ता भएका उद्योगहरूमा कुल रु ६ खर्ब ८६ अर्ब ५५ करोड ९९ लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भइसकेको छ। यो तथ्यांकले नेपालमा वैदेशिक लगानीको क्रमिक वृद्धि र विभिन्न क्षेत्रप्रतिको लगानीकर्ताको चासो देखाउँछ।

    साउनदेखि असोजसम्म भित्रिएको लगानीमध्ये सबैभन्दा बढी सूचना प्रविधि (IT) क्षेत्रका १६२ वटा उद्योगहरूमा भएको छ। यी उद्योगका लागि कुल रु १५ करोड ३७ लाख ३२ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ।
    तर लगानी रकमका हिसाबले पर्यटन क्षेत्र अग्रस्थानमा रहेको छ। यस क्षेत्रमा रहेका १०३ वटा उद्योगमा करिब रु १ अर्ब ४६ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

    उत्पादनमूलक क्षेत्रका १५ वटा उद्योगमा रु २१ करोड १० लाख, कृषिमूलक क्षेत्रका ११ वटा उद्योगमा रु ४ करोड, र सेवामूलक क्षेत्रका १९ वटा उद्योगमा रु १८ करोड १० लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

    उद्योग विभागको यो प्रतिवेदनले नेपालमा वैदेशिक लगानी क्रमशः बहुआयामिक र क्षेत्रगत रूपमा विविधिकृत हुँदै गएको संकेत गर्छ। सूचना प्रविधि र पर्यटन क्षेत्रमा बढ्दो लगानीले नेपालमा रोजगारी, प्रविधि हस्तान्तरण, र आर्थिक सशक्तिकरणका नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ। सरकार र निजी क्षेत्रबीचको समन्वयले यो लगानीलाई दीर्घकालीन उत्पादन र रोजगारीमा रूपान्तरण गर्न सहयोग पुर्‍याउने बताइन्छ।

    Nepal has received foreign direct investment (FDI) commitments worth over Rs. 35 billion in the first three months of the current fiscal year 2082/83. According to the latest monthly report published by the Department of Industry, from Shrawan to Ashoj (mid-July to mid-October), a total of 311 industries across the country registered investment commitments amounting to Rs. 35.13 billion.

    The Department of Industry stated that during this period, commitments were received for 7 large, 4 medium, and 300 small-scale industries. In the month of Ashoj alone, 75 small industries received FDI commitments worth Rs. 2.04 billion. This indicates that investor confidence is returning gradually, particularly in small and service-oriented ventures.

    According to official data, the department has approved a total of Rs. 686.55 billion in FDI commitments across 7,550 industries to date. This cumulative figure demonstrates Nepal’s increasing appeal as an emerging investment destination in South Asia, especially in technology, tourism, and manufacturing sectors.

    Among the sectors attracting FDI in the first quarter, the information technology (IT) sector leads in the number of projects. A total of 162 IT-based industries received investment commitments worth Rs. 153.7 million.
    However, in terms of total investment volume, the tourism sector topped the list, with 103 industries receiving commitments worth around Rs. 1.46 billion. This surge highlights investors’ growing confidence in Nepal’s tourism revival and hospitality industry following post-pandemic recovery.

    The report further reveals that 15 manufacturing industries received FDI commitments worth Rs. 211 million, 11 agriculture-based industries attracted Rs. 40 million, and 19 service-oriented industries secured Rs. 181 million in commitments. This diversification suggests that investors are expanding their interests beyond traditional sectors into new and emerging industries.

    The Department of Industry’s report indicates that Nepal’s foreign investment landscape is becoming increasingly diversified and multi-sectoral. Rising investments in information technology and tourism point toward stronger prospects for job creation, technology transfer, and economic growth. Experts believe that with better policy stability and government–private sector coordination, these commitments could translate into sustainable production, employment generation, and long-term economic resilience.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026