NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Over Rs 380 Million Capital Gains Tax Collected in Kartik; Increase Compared to Asoj
    कात्तिकमा ३८ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन, बजार बढेपछि कर संकलनमा सुधार
    Investor
    2 min read
    Published on November 25, 2025
    NEPSE TRADING

    कात्तिकमा ३८ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन, बजार बढेपछि कर संकलनमा सुधारOver Rs 380 Million Capital Gains Tax Collected in Kartik; Increase Compared to Asoj

    चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनामा सरकारलाई ३८ करोड ५ लाख ९९ हजार रुपैयाँ बराबरको पूँजीगत लाभकर (Capital Gains Tax) संकलन गरिएको छ। सिडिएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) का तथ्यांक अनुसार कात्तिकमा शेयर कारोबारबाट प्राप्त नाफामाथि लगानीकर्ताले बुझाएको कर असोज महिनाको तुलनामा उल्लेखनीय रूपमा बढेको छ। कर संकलनमा आएको यो सुधार बजारमा देखिएको हल्का उठानसँग प्रत्यक्ष रूपमा जोडिएको मानिन्छ।

    समीक्षा महिनामा व्यक्तिगत लगानीकर्ताबाट प्राप्त पूँजीगत लाभकरमध्ये दीर्घकालीन कारोबारबाट १२ करोड ७१ लाख ७१ हजार रुपैयाँ संकलन भएको छ। खरिद गरेको शेयर एक वर्षपछि मात्रै बिक्री गर्दा दीर्घकालीनको दर लागू हुन्छ। त्यस्तै, एक वर्षभन्दा कम अवधिमा कारोबार गर्ने लगानीकर्ताबाट १६ करोड ३५ लाख ५३ हजार रुपैयाँ पूँजीगत लाभकर उठाइएको छ। अल्पकालीन कारोबारमा कर दर उच्च हुने भएकाले यस खण्डबाट कर संकलन उल्लेखनीय देखिन्छ।

    यस्तै, संस्थागत लगानीकर्ताबाट भने कात्तिक महिनामा ८ करोड ९८ लाख ७३ हजार रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ। संस्थागत लगानीकर्तामा कर दर १० प्रतिशत रहेको हुँदा संस्थागत कारोबार बढेपछि कर संकलन स्वाभाविक रूपमा बढ्ने गर्छ। समग्रमा हेर्दा कात्तिक महिनामा कर संकलन असोजको तुलनामा राम्रो देखिएको छ। असोजमा सरकारलाई जम्मा २४ करोड ३६ लाख ५६ हजार रुपैयाँ मात्रै पूँजीगत लाभकर प्राप्त भएको थियो। कात्तिकमा भने सो रकम करिब १४ करोड रुपैयाँले वृद्धि भएको छ।

    कात्तिकमा सेयर बजार सूचक पनि सामान्य वृद्धि भएको थियो। असोजमा नेप्से २४८७.१७ विन्दुमा बन्द भएको थियो भने कात्तिकको अन्तिम कारोबार दिनसम्ममा सूचक ५३.४ अंकले बढेर २५४०.५७ विन्दुमा पुगेको थियो। बजारमा आएको यो सामान्य वृद्धि र सुधारका कारण लगानीकर्ताले आंशिक नाफा बुक गर्न सके र त्यसैको प्रभाव पूँजीगत लाभकर संकलनमा देखिएको विश्लेषण गरिन्छ। तर, जेन्जी आन्दोलनपछि सिर्जित राजनीतिक–आर्थिक अनिश्चितताले बजारलाई पूर्ण रूपमा सक्रिय हुन अझै बाधा पुर्‍याइरहेको छ।

    चार महिनाको समग्र कर संकलन हेर्दा चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म सरकारले ३ अर्ब ३८ करोड ३३ लाख २४ हजार रुपैयाँ पूँजीगत लाभकर उठाएको छ। साउन महिनामा मात्र २ अर्ब १५ करोड ७५ लाख ६९ हजार, भदौमा ६० करोड १४ लाख ९९ हजार, असोजमा २४ करोड ३६ लाख ५६ हजार, र कात्तिकमा ३८ करोड ५ लाख ९९ हजार रुपैयाँ कर संकलन भएको छ। यसले बजारको सक्रियता साउन र भदौतिर उच्च भए पनि असोज र कात्तिकमा सामान्य भएजस्तै कर संकलन प्रवृत्ति देखाउँछ।

    यद्यपि, यही अवधिको गत आवको तथ्यांकसँग तुलना गर्दा चालु वर्षको कर संकलन निकै कम देखिन्छ। गत आवको साउनदेखि कात्तिकसम्मै ८ अर्ब २० करोड रुपैयाँ पूँजीगत लाभकर उठेको थियो, जुन अहिलेभन्दा करिब ६ अर्ब रुपैयाँले बढी हो। साउनमा मात्रै ४ अर्ब २७ करोड, भदौमा २ अर्ब ५७ करोड, असोजमा ५८ करोड, र कात्तिकमा ७५ करोड ८७ लाख कर उठेको थियो। त्यसको तुलनामा यस वर्ष कात्तिकमा आधाभन्दा कम कर उठ्नु बजार कमजोर भएको स्पष्ट संकेत हो।

    गत आवभरमा कुल १६ अर्ब ५४ करोड रूपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो। तर चालु आवमा बजारले गति लिन नसकेको, कारोबार सुक्खा भएको र लगानीकर्तामा अनिश्चितता बढेको कारण कर संकलनमा ठूलो संकुचन आएको विश्लेषकहरूको भनाइ छ। यस वर्ष बजार स्थिर नभएर बारम्बार उतार–चढाव भएको, तथा राजनीतिक संकट, ब्याजदर, तरलता र अर्थतन्त्रको समग्र दिशाबारे अनिश्चितता हुँदा लगानीकर्ताको जोखिम लिन चाहने क्षमतामा समेत कमी आएको देखिन्छ।

    कर संरचनाको सन्दर्भमा, शेयर कारोबारमा प्राप्त खुद नाफामाथि लगानीकर्ताले तोकिएको दरमा सरकारलाई कर बुझाउनुपर्छ। खरिद गरेको शेयर एक वर्षपछि बिक्री गर्दा ५ प्रतिशत, एक वर्षभित्र बिक्री गर्दा ७.५ प्रतिशत, र संस्थागत लगानीकर्तालाई १० प्रतिशत कर तिर्नुपर्ने प्रावधान छ। यदि शेयर बिक्री गर्दा नाफा नभएमा पूँजीगत लाभकर तिर्नु नपर्ने व्यवस्था छ।

    समग्रमा, कात्तिक महिनामा पूँजीगत लाभकर संकलन असोजको तुलनामा सुधार भए पनि गत वर्षको समान अवधिको तुलनामा संकलन अझै धेरै कमजोर रहनु बजारको चलायमान अवस्था र लगानीकर्ताको मनोविज्ञानलाई देखाउने सूचक बनेको छ।

    In the month of Kartik of the ongoing fiscal year 2082/83, the government collected Rs 380.59 million in Capital Gains Tax (CGT) from stock market transactions. According to the data published by CDS & Clearing Limited (CDSC), CGT collection in Kartik increased notably compared to the previous month, reflecting the modest improvement seen in the Nepal Stock Exchange (NEPSE) during the same period.

    During the review month, long-term individual investors contributed Rs 127.1 million in CGT, while short-term individual trades generated Rs 163.5 million in tax revenue. The short-term category (shares sold within one year) typically carries a higher tax rate, which explains the significant portion of CGT coming from this type of transaction.

    Similarly, institutional investors contributed Rs 89.8 million in Kartik. Institutional trades are taxed at a fixed rate of 10%, and when institutional activity rises, the government’s CGT collection naturally increases. Overall, Kartik saw a sharp rise compared to Asoj’s much lower CGT collection of Rs 243.6 million. This indicates an increase of nearly Rs 140 million month-on-month.

    NEPSE also showed mild improvement in Kartik. The market, which had closed at 2487.17 points in Asoj, climbed by 53.4 points to reach 2540.57 points by the end of Kartik. This modest upward movement enabled some investors to book partial profits, which directly contributed to higher CGT collection. However, analysts note that the stock market still lacks strong momentum due to persistent uncertainty following the GenZ protest movement and prevailing political-economic instability.

    In the first four months of the fiscal year (Saun–Kartik), the government has collected a total of Rs 3.38 billion in Capital Gains Tax. Month-wise, the collection stood at:

    • Saun: Rs 2.15 billion

    • Bhadra: Rs 601.4 million

    • Asoj: Rs 243.6 million

    • Kartik: Rs 380.5 million

    This shows that while Saun and Bhadra had relatively stronger contributions, Asoj and Kartik were much weaker compared to the same months of the previous fiscal year.

    Compared with last fiscal year, the decline is even more pronounced. In the first four months of FY 2081/82, the government had collected Rs 8.20 billion in CGT — nearly Rs 6 billion higher than in the same period this year. Last year, Saun alone had generated Rs 4.27 billion, followed by Rs 2.57 billion in Bhadra, Rs 586.5 million in Asoj, and Rs 758.7 million in Kartik. This year's collection is less than half of last year’s Kartik figure, underscoring the weakened market momentum.

    Throughout FY 2081/82, the government had collected a total of Rs 16.54 billion in CGT from stock market transactions. Analysts note that the sharp contraction in the current fiscal year reflects reduced trading volumes, subdued investor confidence, and ongoing market-side pressures linked to liquidity constraints, economic slowdown, and political uncertainty.

    Under Nepal’s tax system, Capital Gains Tax is levied on the net profit obtained from selling shares. Long-term gains (shares held for more than one year) are taxed at 5%, short-term gains (sold within one year) at 7.5%, and institutional investors pay 10% on their net gains. No CGT is levied if investors sell their shares at a loss.

    Overall, although the CGT collection improved slightly in Kartik compared to Asoj, it remains significantly lower than last year’s figures, indicating a stock market that continues to struggle with low momentum and limited investor participation.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026