मुलुकका विभिन्न स्थानमा गएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि पद्म ज्योति ग्रुपले १ करोड रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ। ग्रुपअन्तर्गतको नेपालका लागि होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो।
प्राकृतिक विपद्ले जनजीवनमा पुर्याएको गम्भीर क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले प्रभावित समुदायको तत्कालको आवश्यकता टार्न र दीर्घकालीन पुनःस्थापनामा सघाउन यो सहयोग गरिएको जनाएको छ। संकटको यस घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको साथमा उभिने संस्थागत दायित्व निर्वाह गरेको स्याकार ट्रेडिङको भनाइ छ।
विपद्पछिको व्यवस्थापन र भत्किएका संरचनाको पुनर्निर्माण राज्यको एक्लो प्रयासले मात्र सम्भव नहुने भन्दै कम्पनीले सबै क्षेत्रको हातेमालो आवश्यक रहेको औंल्याएको छ। प्रभावितहरूको जनजीवन छिट्टै सामान्य अवस्थामा फर्काउन सरकारी निकाय र सरोकारवालाहरूले गरिरहेको सामूहिक प्रयासमा आफ्नो सहयोगले इँटा थप्ने कम्पनीले विश्वास लिएको छ।
To support the rescue and relief of citizens affected by the recent devastating floods and landslides across the country, Padma Jyoti Group has provided financial assistance of NPR 10 million. Syakar Trading Company Pvt. Ltd., the authorized distributor of Honda in Nepal and an entity under the group, deposited the funds directly into the Prime Minister's Disaster Relief Fund.
Expressing deep sorrow over the severe toll the natural disasters have taken on public life, the company stated that the contribution aims to address the immediate needs of the affected communities and assist in their long-term rehabilitation. Syakar Trading noted that this financial support is part of its corporate responsibility to stand in solidarity with the victims' families during this difficult time.
Highlighting that post-disaster management and the reconstruction of damaged infrastructure cannot be managed by the state alone, the company emphasized the crucial need for collaboration from all sectors. The company expressed confidence that its contribution will bolster the collective efforts of government agencies and stakeholders working to restore normalcy to the lives of those displaced by the disasters.