NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Pakistan, China, and Afghanistan Agree to Extend CPEC into Afghan Territory
    सीपीईसी अफगानिस्तानसम्म विस्तार गर्न पाकिस्तान, चीन र अफगानिस्तान सहमत
    Top
    1 min read
    Published on May 22, 2025
    NEPSE trading

    सीपीईसी अफगानिस्तानसम्म विस्तार गर्न पाकिस्तान, चीन र अफगानिस्तान सहमतPakistan, China, and Afghanistan Agree to Extend CPEC into Afghan Territory

    पाकिस्तान, चीन र अफगानिस्तानबीच चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) लाई अफगानिस्तानसम्म विस्तार गर्ने विषयमा सहमति जुटेको छ।

    पाकिस्तानको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार सीपीईसी विस्तारसम्बन्धी यो घोषणा पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इशाक दार, चिनियाँ विदेशमन्त्री वाङ यी र अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुट्टाकीबीच बेइजिङमा भएको अनौपचारिक त्रिपक्षीय बैठकपश्चात् सार्वजनिक गरिएको हो।

    इशाक दार तीन दिने चीन भ्रमणमा छन् । यो भ्रमण भारतले पाकिस्तान प्रशासित कश्मीर (पीओके) मा आतंकवादी आधार शिविरहरूलाई लक्षित गरी ‘अपरेशन वर्मिलियन’ सुरु गरेपछि भएको पहिलो उच्चस्तरीय कूटनीतिक बैठक हो। बैठकपछि सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै दारले भने, "पाकिस्तान, चीन र अफगानिस्तान क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि एक साथ उभिएका छन्।"

    उनले तीन नेताहरू सँगको तस्बिर पनि साझा गरेका छन्। उनले भने, "हामी कूटनीतिक संवादलाई बढाउने, सञ्चार सुदृढ बनाउने र व्यापार, पूर्वाधार तथा विकासलाई साझा समृद्धिको माध्यम बनाउने व्यावहारिक उपायहरूमा छलफल गरिरहेका छौं।"

    विज्ञप्तिमा तीन देश ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) को सहकार्य अझ सशक्त बनाउने र सीपीईसी परियोजनालाई अफगानिस्तानसम्म विस्तार गर्ने विषयमा सहमत भएको उल्लेख छ। तर, भारतले भने पाकिस्तान प्रशासित कश्मीर हुँदै निर्माण भइरहेको ६० अर्ब अमेरिकी डलरको सीपीईसीको तीव्र विरोध गर्दै आएको छ।

    यसैबीच, विज्ञप्तिमा परराष्ट्रमन्त्रीहरूको छैठौं त्रिपक्षीय बैठक चाँडै नै आपसी सहमतिमा काबुलमा आयोजना गर्ने सहमति पनि उल्लेख गरिएको छ।

    Pakistan, China, and Afghanistan have reached an agreement to extend the China-Pakistan Economic Corridor (CPEC) into Afghanistan, marking a significant step in regional cooperation and connectivity under the Belt and Road Initiative (BRI).

    According to a statement released by Pakistan's Foreign Office, the announcement was made following an informal trilateral meeting in Beijing between Pakistan’s Deputy Prime Minister and Foreign Minister Ishaq Dar, Chinese Foreign Minister Wang Yi, and Afghanistan’s Acting Foreign Minister Amir Khan Muttaqi.

    Ishaq Dar is on a three-day official visit to Beijing. This is the first high-level diplomatic engagement following India’s launch of 'Operation Vermilion Strike' targeting terrorist sites in Pakistan-administered Kashmir (PoK).

    After the meeting, Dar shared a post on social media platform X, stating, “Pakistan, China, and Afghanistan stand together for regional peace, stability, and development.” He also shared a photo of the three leaders together.

    The official statement further said, “We held constructive discussions on enhancing diplomatic engagement, strengthening communication, and promoting trade, infrastructure, and development as key drivers of shared prosperity.”

    The three countries agreed to deepen cooperation under the BRI and extend the multibillion-dollar CPEC project to Afghanistan. However, the project has faced strong opposition from India, which objects to the corridor passing through Pakistan-administered Kashmir, claiming it violates India’s sovereignty. The project is valued at over $60 billion.

    Additionally, the statement mentioned that the sixth formal trilateral foreign ministers’ meeting will soon be convened in Kabul on a mutually agreed date.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026