
पाल्पा सिमेन्टको उद्योग प्रभावित स्थानीयका लागि जारी आईपीओको आवेदन म्याद माघ ११ गतेसम्म थपPalpa Cement Extends IPO Application Deadline for Industry-Affected Locals Until February 4
पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि पुस २५ गतेदेखि खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्ब्याएको छ। कम्पनीका अनुसार अब उक्त आईपीओमा माघ ११ गतेसम्म आवेदन दिन सकिनेछ। जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको कम्पनीले यसमध्ये ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता साधारण शेयर पश्चिम नवलपरासी (साविक नवलपरासी) र पाल्पा जिल्लाका उद्योग तथा खानी प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको हो। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम जनाउँछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ, र तोकिएका बैंक शाखाबाट स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
Palpa Cement Industries Limited has extended the application deadline for its IPO issued to local residents of industry-affected areas. The IPO, which opened on January 9 (Poush 25), will now accept applications until February 4 (Magh 11). Out of the company’s issued capital of NPR 3.75 billion, approval was granted to issue 20 percent, equivalent to 7.5 million shares, of which 5 percent—1.875 million ordinary shares worth NPR 187.5 million—has been allocated to local residents of West Nawalparasi and Palpa districts affected by the industry and mining operations. Investors can apply for a minimum of 10 shares and a maximum of 100,000 shares. Infomerics Credit Rating Nepal has assigned the company an IRN BB+ issuer rating, indicating moderate risk. Nabil Investment Banking Limited is the issue and sales manager, and applications can be submitted through designated bank branches.




