NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Palpa Cement IPO Issuance Begins from Poush 25
    पाल्पा सिमेन्टको आईपीओ पुस २५ गतेदेखि निष्कासनमा
    Top
    1 min read
    Published on January 1, 2026
    NEPSE TRADING

    पाल्पा सिमेन्टको आईपीओ पुस २५ गतेदेखि निष्कासनमाPalpa Cement IPO Issuance Begins from Poush 25

    पाल्पा सिमेन्ट उद्योग लिमिटेडले पुस २५ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबरको ७५ लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ।

    उक्त स्वीकृत सेयरमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १८ लाख ७५ हजार कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ। यस अन्तर्गत पश्चिम नवलपरासी (साविक नवलपरासी) तथा खानी अवस्थित पाल्पा जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। यस्तै, सर्वसाधारणका लागि छुट्याइएका सेयरमध्ये १० प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिनेछ।

    आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। स्थानीय बासिन्दाका लागि निष्कासन छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गते बन्द हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पुस ३० गते छिटोमा र ढिलोमा माघ ९ गते बन्द हुनेछ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ।

    कम्पनीको नेट प्रिजेन्ट भ्यालु १२ अर्ब ९९ करोड रुपैयाँ रहेको छ भने इन्टरनल रेट अफ रिटर्न १३.७८५ प्रतिशत रहेको छ। हाल कम्पनीले दैनिक १,८०० मेट्रिक टन क्लिंकर र २,२०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

    Palpa Cement Industries Limited is set to issue its Initial Public Offering (IPO) starting from Poush 25, targeting project-affected local residents and Nepalis working abroad. The company has received approval to issue 7.5 million shares, equivalent to 20 percent of its paid-up capital of NPR 3.75 billion, at a face value of NPR 100 per share.

    Out of the approved shares, 5 percent (1.875 million shares) have been reserved for local residents of the project-affected areas, including western Nawalparasi and Palpa district where the limestone mine is located. Additionally, 10 percent of the shares allocated for the general public—amounting to 562,500 units—have been earmarked for Nepalis employed abroad with valid labor approval.

    Applicants can apply for a minimum of 10 shares and a maximum of 100,000 shares. The issue for local residents will close as early as Magh 9 and no later than Magh 25, while the IPO for foreign-employed Nepalis will close between Poush 30 and Magh 9. Infomerics Credit Rating Nepal has assigned the company an IRN BB+ issuer rating, indicating a moderate level of credit risk.

    The company’s Net Present Value (NPV) stands at NPR 12.99 billion with an Internal Rate of Return (IRR) of 13.785 percent. Currently, Palpa Cement operates with a daily production capacity of 1,800 metric tons of clinker and 2,200 metric tons of cement. Nabil Investment Banking Limited has been appointed as the issue and sales manager for the IPO.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026