NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. PM Balen Meets Governor Paudel, Focus on Banking Reform, Remittance, and Financial Discipl...
    प्रधानमन्त्री बालेन र गभर्नर पौडेलबीच पहिलो भेट, बैंकिङ सुधारदेखि रेमिट्यान्ससम्म छलफल
    Investor
    2 min read
    Published on April 1, 2026
    NEPSE TRADING

    प्रधानमन्त्री बालेन र गभर्नर पौडेलबीच पहिलो भेट, बैंकिङ सुधारदेखि रेमिट्यान्ससम्म छलफलPM Balen Meets Governor Paudel, Focus on Banking Reform, Remittance, and Financial Discipline

    काठमाडौं — नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबीच पहिलो शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। करिब एक घण्टा चलेको भेटमा बैंकिङ क्षेत्रको वर्तमान अवस्था, रेमिट्यान्स आप्रवाह, बाह्य क्षेत्रको दबाब र समग्र अर्थतन्त्रसँग जोडिएका महत्वपूर्ण विषयमा विस्तृत छलफल भएको जनाइएको छ।भेटका क्रममा प्रधानमन्त्री शाहले गभर्नरलाई कुनै पनि प्रकारको दबाब वा प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न स्पष्ट निर्देशन दिएका छन्। विशेषगरी ऋण दुरुपयोग तथा सम्पत्ति शुद्धीकरणमा संलग्न व्यक्तिहरूमाथि कडाइका साथ कारवाही गर्न राष्ट्र बैंक सक्रिय रहनुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए। पछिल्लो समय वित्तीय अनुशासन र पारदर्शिताको विषयमा सरकार गम्भीर रूपमा अघि बढेको संकेत यसबाट देखिएको छ।सरकारले अहिले सम्पत्ति शुद्धीकरण विभाग, केन्द्रीय अनुसन्धान ब्यूरो लगायतका निकायमार्फत वित्तीय अपराधमाथि अनुसन्धान तीव्र बनाइरहेको अवस्थामा राष्ट्र बैंकको भूमिका अझ महत्वपूर्ण बनेको छ। यस सन्दर्भमा नियामक निकायको सहकार्य, सूचना आदानप्रदान र कार्यसमन्वय कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल केन्द्रित रहेको बताइएको छ।प्रधानमन्त्री शाहले बैंकिङ क्षेत्रमा देखिएका चुनौती, रेमिट्यान्स घटबढ, बाह्य क्षेत्रको अस्थिरता तथा त्यसले अर्थतन्त्रमा पार्ने प्रभावप्रति गम्भीर चासो व्यक्त गरेका थिए। उनले राष्ट्र बैंकले सामना गरिरहेका व्यावहारिक अवरोधबारे जानकारी लिँदै ती समस्याको समाधानमा सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाएका छन्।भेटका क्रममा गभर्नर पौडेलले राष्ट्र बैंकमा हाल दुई जना डेपुटी गभर्नर रिक्त रहेको विषय पनि उठाएका थिए। तर प्रधानमन्त्री शाहले यस विषयलाई तत्काल प्राथमिकतामा नराखेको स्रोतले जनाएको छ। हाल राष्ट्र बैंकमा कार्यरत १८ कार्यकारी निर्देशकमध्येबाट डेपुटी गभर्नर नियुक्त गर्ने प्रावधान रहेको छ।यसैबीच, गभर्नर पौडेलले दीर्घकालीन आर्थिक विकाससँग सम्बन्धित पूर्वाधार परियोजनाहरूबारे पनि आफ्ना धारणा राखेका थिए। फास्ट ट्र्याक निर्माण, रेलमार्ग विस्तार तथा क्षेत्रीय कनेक्टिभिटी बढाउने योजनाले अर्थतन्त्रलाई गति दिने उल्लेख गर्दै उनले काठमाडौं–दिल्ली रेलमार्गजस्ता परियोजनाहरूको सम्भाव्यता र वित्तीय व्यवस्थापनका पक्षमा सुझाव दिएका थिए।प्रधानमन्त्री शाहले छोटो अवधिमा देखिने परिणाममुखी कामलाई प्राथमिकता दिनुपर्ने बताउँदै बैंकिङ सुधार र आर्थिक गतिशीलताका लागि आवश्यक निर्णयहरू छिटो कार्यान्वयन गर्न आग्रह गरेका थिए। गभर्नर पौडेलले पनि ठूला परियोजनाहरू अघि बढेमा खर्च व्यवस्थापनमा सुधार र समग्र आर्थिक वृद्धि दुवैमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि गभर्नरसँग छलफल गर्दै बजेट निर्माण, राजस्व संकलन र वित्तीय व्यवस्थापनका विषयमा विचार आदानप्रदान गरेका थिए। नयाँ सरकार गठनसँगै राष्ट्र बैंकसँगको समन्वयात्मक सम्बन्धले आगामी दिनमा वित्तीय स्थायित्व र नीतिगत सुधारलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।
    Kathmandu — Newly appointed Prime Minister Balendra Shah (Balen) held his first courtesy meeting with Nepal Rastra Bank Governor Dr. Bishwo Paudel, with discussions centered on key economic and financial sector issues. The meeting, which lasted for about an hour, covered topics including the state of the banking sector, remittance inflows, and the stability of the external sector.During the meeting, Prime Minister Shah instructed the Governor to carry out his responsibilities without fear or external influence. He emphasized the need for strict action against those involved in loan misuse and money laundering practices, signaling the government’s intent to strengthen financial discipline and accountability.The government has recently intensified investigations into financial crimes through agencies such as the Department of Money Laundering Investigation and the Central Investigation Bureau. In this context, the role of Nepal Rastra Bank as a key regulatory body has become increasingly important, and discussions also focused on improving coordination among regulatory and investigative institutions.Prime Minister Shah expressed concern over challenges seen in the banking sector, fluctuations in remittance inflows, and instability in the external sector, along with their broader impact on the economy. He also sought updates on operational difficulties faced by the central bank and assured that the government would provide necessary facilitation to address such issues.Governor Paudel, on his part, raised the issue of two vacant Deputy Governor positions at Nepal Rastra Bank. However, sources indicate that the Prime Minister did not show immediate interest in addressing the matter. As per existing provisions, Deputy Governors are appointed from among the 18 Executive Directors within the central bank.The discussion also extended to long-term economic development initiatives, including large infrastructure projects such as the Fast Track, railway expansion, and regional connectivity. The Governor shared perspectives on potential projects like a Kathmandu–Delhi railway, including cost management strategies and ways to accelerate implementation.Prime Minister Shah highlighted the need for visible, result-oriented actions in the short term and urged the central bank to move swiftly on reforms aimed at strengthening the banking sector and supporting economic growth. Governor Paudel expressed confidence that progress in major infrastructure projects would positively impact both fiscal management and overall economic development.Earlier, Finance Minister Dr. Swarnim Wagle had also held discussions with the Governor on matters related to budget preparation, revenue mobilization, and financial management. The recent meeting is expected to set the tone for closer coordination between the new government and the central bank in ensuring financial stability and policy effectiveness.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026