
गभर्नर नियुक्ति : अन्तिम छलफलका लागि ओली र देउवाबीच भेटवार्ताPM Oli and NC President Deuba to Hold Key Meeting on NRB Governor Appointment This Evening
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार साँझ महत्वपूर्ण भेटवार्ता हुने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकअघि उनीहरूबीच राष्ट्र बैंकको गभर्नर नियुक्ति विषयमा अन्तिम छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।
नेपाल राष्ट्र बैंक लामो समयदेखि गभर्नरविहीन रहेको बेला एमाले र कांग्रेसबीच गभर्नर नियुक्ति विषयमा रस्साकस्सी जारी छ। यस्तो संवेदनशील घडीमा दुई शीर्ष नेताबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
सूत्रका अनुसार कांग्रेस र एमालेबीच कांग्रेस निकट डा. विश्व पौडेललाई गभर्नरमा नियुक्त गर्ने सहमति बनेको छ। तर हालसम्म सिफारिस समिति गठनको प्रक्रिया अगाडि बढ्न सकेको छैन।
कानुनअनुसार सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरी मन्त्रिपरिषद्मा पठाउनु पर्नेछ। त्यसपछि मन्त्रिपरिषद्ले एकजनालाई गभर्नर नियुक्त गर्ने निर्णय गर्नुपर्ने व्यवस्था रहेको छ।
अबको छलफलले गभर्नर नियुक्तिको जटिलता अन्त्य गर्ने आशा गरिएको छ।
Prime Minister and CPN-UML Chairman KP Sharma Oli and Nepali Congress President Sher Bahadur Deuba are set to hold an important meeting this evening at the Prime Minister’s official residence in Baluwatar.
According to the Prime Minister’s private secretariat, the meeting will take place just before the scheduled Cabinet meeting at 6 PM and will focus on final discussions regarding the appointment of the new Governor of Nepal Rastra Bank.
The meeting holds significant weight as tensions have been building between UML and Congress over the selection of the central bank's Governor. Sources indicate that both parties have reached an understanding to appoint Dr. Bishwo Poudel, who is considered close to the Nepali Congress, as the next Governor.
However, the recommendation committee—tasked with proposing three candidates for the Governor position—has not convened yet. According to legal provisions, the Cabinet can only make the appointment after the committee submits its list of recommended names.
This evening’s meeting between Oli and Deuba is expected to break the ongoing deadlock and finalize the leadership for Nepal’s central bank.




