NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Political Activities Intensify as House of Representatives Election Nears
    प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै, राजनीतिक गतिविधि तीव्र
    Top
    2 min read
    Published on December 14, 2025
    NEPSE TRADING

    प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै, राजनीतिक गतिविधि तीव्रPolitical Activities Intensify as House of Representatives Election Nears

    प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी रहँदा मुलुक क्रमशः निर्वाचनको माहोलमा प्रवेश गर्न थालेको छ। निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारीलाई तीव्र बनाएको छ भने सरकार तथा राजनीतिक दलहरू पनि आ–आफ्नो तर्फबाट निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय देखिएका छन्।

    निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फ दल दर्ताको प्रक्रिया सम्पन्न गरिसकेको छ। साथै, आयोगले जनसङ्ख्याका आधारमा समानुपातिक प्रणालीअन्तर्गत दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम समुदायका लागि प्रतिशत निर्धारण गर्ने प्रक्रिया पनि अघि बढाएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा तयार गरी सुझाव सङ्कलन गरिरहेको छ।

    सरकारले पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन आवश्यक सहजीकरण गरिसकेको जनाएको छ। शान्ति सुरक्षा कायम गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन गृह मन्त्रालयले आवश्यक तयारी पूरा गरिसकेको गृहमन्त्री ओमप्रकाश अर्यालले स्पष्ट पारेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृतिसमेत दिइसक्नुभएको छ।

    राजनीतिक दलहरूबीच निर्वाचन केन्द्रित गतिविधि तीव्र बनेको छ। नेपाली कांग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाइसकेको छ। कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ उम्मेदवार छनोट गर्दै प्रतिनिधिसभासँगै राष्ट्रियसभाका उम्मेदवारसमेत केन्द्रमा सिफारिस गरिरहेको छ। उम्मेदवार छनोटको तयारीमा कांग्रेस अन्य दलभन्दा अघि देखिएको छ।

    यसैबीच, नेकपा (एमाले) को ११औँ महाधिवेशन शनिबारदेखि सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दबाब र प्रतिशोधरहित वातावरणमा निर्वाचन भए एमालेले बहुमत ल्याउने दाबी गर्नुभएको छ। उहाँले निष्पक्ष र स्वतन्त्र निर्वाचनको वातावरण बनाउन सरकारको भूमिकामा जोड दिनुहुँदै निर्वाचनबाट एमाले भाग्छ भन्ने आरोप अस्वीकार गर्नुभयो। एमालेले निर्वाचन आयोगले तोकेको समयसीमाभित्र दल दर्तालगायतका प्रक्रिया पूरा गरिसकेको छ।

    यस्तै, विभिन्न कम्युनिस्ट पार्टी एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ‘सन्देशसभा’का नाममा देशव्यापी निर्वाचन केन्द्रित अभियानलाई तीव्र बनाएको छ। सो दलले धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरमा सन्देशसभा गरिसकेको छ भने शनिबार सुर्खेतको वीरेन्द्रनगरमा जनसभा आयोजना गरेको थियो। आगामी पुस ५ गते काठमाडौंमा सन्देशसभा आयोजना गर्ने तयारीमा रहेको नेकपाले तोकिएको मितिमै निर्वाचन हुनुपर्ने अडान लिएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन निर्धारित मितिमै सम्पन्न हुनुपर्ने र त्यसका लागि पार्टी पूर्ण रूपमा क्रियाशील रहेको बताएका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टी ले पनि निर्वाचनका लागि वाचापत्र तयारीदेखि उम्मेदवार छनोटको प्रक्रिया सुरु गरिसकेको छ। समानुपातिकतर्फ उम्मेदवारको आवेदन खुला गरिसकेको सो पार्टीले विभिन्न भेला तथा सभामार्फत निर्वाचन केन्द्रित गतिविधि गरिरहेको छ।

    निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ कुल १०० राजनीतिक दल निर्वाचनमा सहभागी हुने भएका छन्। ती दलहरू दर्ता भई निर्वाचन चिह्नसमेत प्राप्त गरिसकेका छन्। यद्यपि, दुई वा दुईभन्दा बढी दलले एउटै निर्वाचन चिह्न प्रयोग गर्ने गरी आवेदन दिएका कारण कुल ९३ वटा निर्वाचन चिह्न कायम भएका छन्। प्रत्यक्षतर्फ भने ११४ राजनीतिक दल निर्वाचनमा सहभागी हुँदैछन्।

    निर्वाचनको मिति नजिकिँदै जाँदा देशव्यापी रूपमा राजनीतिक गतिविधि थप बढ्ने संकेत देखिएको छ। आयोग, सरकार र राजनीतिक दलहरूको तयारीसँगै मुलुक पूर्ण रूपमा निर्वाचनको दिशातर्फ अगाडि बढिरहेको छ।

    With only 81 days remaining until the election of the House of Representatives, the country is gradually moving into a full-fledged election mode. The Election Commission has accelerated preparations for the polls, while the government and political parties have also intensified their respective election-related activities.

    The Election Commission has already completed the process of registering political parties for both the first-past-the-post and proportional representation systems. It has also begun determining the proportional representation quotas based on population, allocating percentages for Dalits, Indigenous Nationalities, Khas Arya, Madhesi, Tharu, and Muslim communities. The election, scheduled for Falgun 21, is being prepared under a draft Election Code of Conduct, for which the Commission is currently collecting feedback.

    The government has assured full facilitation for the election process. To ensure a free, fair, and fear-free election environment, the Ministry of Home Affairs has completed necessary security preparations. On the government’s recommendation, President Ram Chandra Paudel has approved the mobilization of the Nepal Army for election security, according to Home Minister Om Prakash Aryal.

    Political parties across the spectrum have stepped up their election-focused activities. The Nepali Congress has already begun nationwide candidate selection, forwarding names to the central level. The party is selecting candidates under both the direct and proportional systems and has also started choosing candidates for the National Assembly. Compared to other parties, the Nepali Congress appears to be ahead in terms of candidate selection.

    Meanwhile, the 11th General Convention of the CPN-UML began on Saturday. Speaking at the inaugural session, party chair KP Sharma Oli stated that the UML has the capacity to secure a majority if elections are held without pressure or political vendetta. He questioned claims that the UML is avoiding elections and emphasized the need for the government to ensure a neutral and independent election environment. The UML has already completed party registration and other required procedures within the timeline set by the Election Commission.

    Similarly, the Nepal Communist Party (NCP)—formed through the unification of various communist groups—has intensified its election campaign nationwide under the banner of “Message Assemblies.” The party has already organized such assemblies in Dhangadhi, Dang, Pokhara, Biratnagar, and Janakpur, and recently held a mass gathering in Birendranagar, Surkhet. The NCP is preparing to hold another major message assembly in Kathmandu on Poush 5. Party coordinator Pushpa Kamal Dahal ‘Prachanda’ reiterated that elections must be held on the scheduled date and stated that the party is fully mobilized for that purpose.

    The Rastriya Swatantra Party (RSP) has also moved forward with preparations, including drafting its election manifesto and initiating the candidate selection process. The party has opened applications for proportional representation candidates and is conducting election-focused activities through meetings and assemblies.

    According to the Election Commission, 100 political parties will participate in the election under the proportional representation system. These parties have already been registered and provided with election symbols. However, due to some parties applying to contest under a single common symbol, the total number of approved election symbols has been fixed at 93. Under the first-past-the-post system, 114 political parties will be contesting the election.

    As the election date draws closer, political activities across the country are expected to intensify further, signaling Nepal’s steady march toward the upcoming parliamentary elections.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026