NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Positive Closing: NEPSE Crosses 2600 Mark with Strong Volume Surge
    सकारात्मक क्लोजिङ : नेप्से २६ सय माथि, कारोबार रकम उल्लेखनीय रूपमा बढ्यो
    Investor
    3 min read
    Published on October 30, 2025
    NEPSE TRADING

    सकारात्मक क्लोजिङ : नेप्से २६ सय माथि, कारोबार रकम उल्लेखनीय रूपमा बढ्योPositive Closing: NEPSE Crosses 2600 Mark with Strong Volume Surge

    नेपालको पूँजी बजारले आज पुनः उत्साहपूर्ण कारोबार गर्दै नेप्से परिसूचकलाई २६ सयको मनोवैज्ञानिक विन्दु माथि पु‍र्‍याएको छ। नेप्से परिसूचक २४.२२ अंकले वृद्धि भई २६००.३८ विन्दुमा पुगेको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, आज २४९ कम्पनीका २ करोड ६० लाख १० हजार ७१८ कित्ता सेयर ७ अर्ब ५१ करोड ३९ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन्। अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब २ अर्ब रुपैयाँले बढेको छ, जसले लगानीकर्ताको सक्रियता पुनः फर्किएको संकेत गरेको छ।

    आज दुई कम्पनी—गुराँस लघुवित्त र उन्नती सहकार्य लघुवित्त—को सेयर मूल्य सकारात्मक सर्किटमा पुगेका छन्। त्यस्तै, सुपर माई हाईड्रोपावर, गणपति लघुवित्त र पिपुल्स हाईड्रोपावर कम्पनीका सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेका छन्।

    म्यूचुअल फण्ड समूहमा भने दबाब देखिएको छ। एनआईबिएल सवल फण्डको इकाई मूल्य ५.७० प्रतिशत र सानिमा ग्रोथ फण्डको इकाई मूल्य ५.२४ प्रतिशतले घटेको छ। कारोबार रकमका हिसाबले हिमालयन बैंकको संस्थापक सेयर आज सर्वाधिक कारोबार भएको हो — जसको एकैदिन १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भयो।

    राधि विद्युत कम्पनी र नेपाल सी इन्स्योरेन्स कम्पनी क्रमशः ३७ करोड र ३४ करोड रुपैयाँभन्दा बढीको कारोबारसहित पछ्याइरहेका छन्।

    १३ उपसमूहमध्ये बिहीबार १२ उपसमूह हरियो बनेका छन् भने म्यूचुअल फण्ड समूह मात्र रातो रह्यो। उच्च वृद्धिदरका साथ हाईड्रोपावर समूह २.६७ प्रतिशतले अग्रस्थानमा रह्यो।

    विकास बैंक, वित्त, लगानी, बीमा र उत्पादन उपसमूहहरू पनि १ प्रतिशतभन्दा बढीले उक्लिए। लगातार सुधारसँगै नेप्से २६ सय माथि पुग्नु बजारमा नयाँ आत्मविश्वासको सङ्केतका रूपमा लिइएको छ।

    टेक्निकल विश्लेषण

    टेक्निकल्ली, आजको बजार सत्रमा नेप्सेले बलियो संकेत दिएको छ। डाउन ट्रेन्डलाइन र मिडल बोलिङर ब्यान्ड — दुवै प्रमुख रेसिस्टेन्स स्तरलाई ब्रेक गर्दै बजार माथिल्लो दायरामा क्लोज भएको छ। विश्लेषकहरूले यसलाई ट्रेन्ड रिभर्सलको शुभ संकेतका रूपमा व्याख्या गरेका छन्।

    तर, हिजो बनेको इन्भर्टेड ह्याम्बर क्यान्डलको हाईभन्दा माथि बजार क्लोज हुन नसक्दा बजारमा अझै केही अस्थिरता बाँकी रहेको देखिन्छ। RSI सूचकांक हाल न्यूट्रल जोन (४८–५०) वरिपरि छ, जसले बजारमा सन्तुलन फर्कँदै गएको जनाउँछ।

    करोबार संरचना अनुसार, आजको कारोबारको करिब ५० प्रतिशत हिस्सा हाईड्रोपावर क्षेत्रमा केन्द्रित रह्यो। बाँकी क्षेत्रहरूमा भने कारोबार सीमित मात्र देखियो।

    विश्लेषकहरूको भनाइमा, यदि नेप्सेले २६४०–२६५० को रेसिस्टेन्स माथि स्थिर रहन सक्यो भने आगामी साता बजारले २७०० विन्दु नजिकको लक्ष्य परीक्षण गर्न सक्छ। तर RSI र भोल्युम संरचनाले अझै सतर्कता आवश्यक रहेको जनाउँछ।

    ब्रोकर हाउसहरूको कारोबार विश्लेषण

    बिहीबारको बजारमा ठूला १० ब्रोकरहरूबीच खरिद–बिक्री सन्तुलन (५–५) देखिएको छ।
    ब्रोकर नं. ३४, ५५, ४९, ६२ र ४२ ले आज बेचेको भन्दा किनेको बढी छ, जबकि ४८, ५८, ४५, ४४ र ३३ नं.का ब्रोकरहरूले बेचेको बढी देखिन्छ।

    उल्लेखनीय रूपमा,

    • ब्रोकर नं. ४४ बाट HIDCLP का ८६ हजार कित्ता (कुल बाईको ३७%) खरिद भएका छन्।

    • ५८ नं. ब्रोकर बाट FMDBL का ५७ हजार कित्ता (४७%) खरिद भए।

    • २८ नं. ब्रोकर बाट SBI का ५० हजार कित्ता (२८%) खरिद भए।

    • ६२ नं. ब्रोकर बाट UMHL का ३४ हजार कित्ता (३७%) खरिद भए।

    • २८ नं. ब्रोकर बाट KBL का ३३ हजार कित्ता (३२%) खरिद भए।

    बिक्रीतर्फ,

    • ५८ नं. ब्रोकर बाट HPPL का १ लाख ९४ हजार कित्ता (६१%) बिक्री भए।

    • ३४ नं. ब्रोकर बाट NGPL का १ लाख ५५ हजार कित्ता (४१%) बिक्री भए।

    • ३३ नं. ब्रोकर बाट SBI का १ लाख २३ हजार कित्ता (६६%) बिक्री भएका छन्।


    बजारले लामो समयपछि प्राविधिक रूपमा बलियो संकेत देखाएको छ। लगातार सुधार र कारोबार रकममा आएको उल्लेखनीय वृद्धि लगानीकर्ताको मनोबल बढाउने कारक बनेको छ। विश्लेषकहरूका अनुसार, बजारमा सन्तुलित सुधारको सम्भावना आगामी साता पनि कायम रहन सक्छ — तर RSI र भोल्युमका सूचकहरूले सावधानी अपनाउन सल्लाह दिन्छन्।

    समग्रमा, नेप्सेको २६ सय माथिको क्लोजिङ नेपाली पूँजी बजारका लागि नयाँ मनोवैज्ञानिक मोडको रूपमा देखिएको छ।

    Nepal’s stock market witnessed a strong rebound today as the NEPSE index climbed above the psychological level of 2600 points, signaling renewed investor optimism. The benchmark index rose by 24.22 points to close at 2600.38 points.

    According to Nepal Stock Exchange (NEPSE), a total of 249 companies were traded today, with 26,010,718 shares changing hands worth Rs 7.51 billion. This is a significant jump from Wednesday’s turnover of Rs 5.45 billion, indicating higher market participation and investor confidence returning to the market.

    Two microfinance companies — Guras Laghubitta and Unnati Sahakarya Laghubitta — hit the positive circuit level during the day. Likewise, shares of Super Mai Hydropower, Ganapati Laghubitta, and Peoples Hydropower surged by more than 9%.

    On the downside, the mutual fund segment came under pressure as NIBL Samriddhi Fund dropped by 5.70% and Sanima Growth Fund fell by 5.24%.

    In terms of turnover, Himalayan Bank’s promoter shares topped the list with a single-day trading value of Rs 1.66 billion. Similarly, Radhi Hydropower and Nepal SE Insurance saw heavy transactions worth Rs 370 million and Rs 340 million, respectively.

    Out of 13 sub-indices, 12 closed in the green, while only the Mutual Fund sub-index declined. The Hydropower sub-index led the gainers, climbing 2.67%, followed by Development Banks, Finance, Investment, Life Insurance, Manufacturing & Processing, Microfinance, and Non-life Insurance, which all rose by more than 1%.

    The NEPSE’s move above the 2600 level after consistent improvement over recent sessions is seen as a psychological boost for investors, reflecting renewed market confidence.

    Technical Analysis

    Technically, NEPSE delivered a strong breakout session by surpassing two key resistance levels — the downtrend line and the middle Bollinger Band — both of which were decisively breached on Thursday. Analysts interpret this as a potential trend reversal signal.

    However, the market still failed to close above yesterday’s inverted hammer high, meaning yesterday’s candle has not yet been fully validated — implying some degree of volatility remains.

    The Relative Strength Index (RSI) now stands near the neutral zone (48–50), suggesting that market balance is gradually being restored.
    Trading structure shows that nearly 50% of total turnover came from the Hydropower sector, while other sectors saw relatively limited activity.

    From a technical standpoint, if NEPSE sustains above the 2640–2650 resistance zone, analysts believe the index could test the 2700 level in the coming week. However, the RSI and volume structure still suggest caution in the short term.

    Broker-Wise Analysis

    Looking at the top 10 brokers, buy and sell activity remained evenly balanced (5–5), indicating natural market stability.

    • Brokers 34, 55, 49, 62, and 42 had higher buy volumes,

    • while brokers 48, 58, 45, 44, and 33 recorded higher sell volumes.

    Key trading highlights include:

    • Broker 44 executed 37% of HIDCLP’s total buy volume (86,000 shares).

    • Broker 58 accounted for 47% of FMDBL’s total buy (57,000 shares).

    • Broker 28 handled 28% of SBI’s total buy (50,000 shares).

    • Broker 62 executed 37% of UMHL’s total buy (34,000 shares).

    • Broker 28 also handled 32% of KBL’s total buy (33,000 shares).

    On the sell side:

    • Broker 58 sold 61% of HPPL’s total sell volume (194,000 shares).

    • Broker 34 sold 41% of NGPL’s total sell (155,000 shares).

    • Broker 33 sold 66% of SBI’s total sell (123,000 shares).

    The NEPSE market has shown strong technical recovery signals after several mixed sessions. The substantial rise in trading volume and broad-based sectoral growth indicate growing investor participation and renewed optimism.

    Analysts expect the market’s balanced recovery trend to continue into the coming week, though short-term indicators like RSI and volume suggest that cautious optimism is warranted.

    Overall, NEPSE’s close above the 2600 mark is viewed as a significant psychological and technical milestone for Nepal’s capital market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026