NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Prabhu Bank's NPL Ratio Increases, Profit Declines
    प्रभु बैंकको खराब कर्जा अनुपातमा बढोत्तरी, नाफामा गिरावट
    Investor
    1 min read
    Published on January 28, 2026
    NEPSE TRADING

    प्रभु बैंकको खराब कर्जा अनुपातमा बढोत्तरी, नाफामा गिरावटPrabhu Bank's NPL Ratio Increases, Profit Declines

    प्रभु बैंक लिमिटेडको खराब कर्जा अनुपात ८ प्रतिशत नजिक पुगेको छ, जसले बैंकको वित्तीय दबाबमा थप वृद्धि गरेको छ। बैंकको खराब कर्जा अनुपात गत वर्षको ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको हो। यसले बैंकको सञ्चालन मुनाफा र खुद नाफा दुवैमा गिरावट ल्याएको छ।

    चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म, प्रभु बैंकले १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा २४.०८ प्रतिशत कम हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    खराब कर्जा र इम्पेरमेन्ट चार्जको वृद्धि भए तापनि बैंकको खुद ब्याज आम्दानी २.३८ प्रतिशत र फि तथा कमिशन आम्दानी ४.५९ प्रतिशतले बढेको छ।

    बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ९८ करोड ४० लाख पुगेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब ८६ करोड ७९ लाख थियो। तर, खराब कर्जा र इम्पेरमेन्ट चार्जमा भएको वृद्धि कारण बैंकको सञ्चालन मुनाफा २ अर्ब ५२ करोड २८ लाख रुपैयाँबाट घटेर १ अर्ब ९६ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ।

    पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ, जसले लाभांश वितरण क्षमतामा चुनौती सिर्जना गरेको छ।

    समीक्षा अवधिसम्म, बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६२ पैसा, नेटवर्थ १४६ रुपैयाँ १७ पैसा, मूल्यआम्दानी अनुपात २१.२७ गुणा, र तरलता अनुपात ३९.३१ प्रतिशत कायम रहेको छ।

    बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४२.८६ प्रतिशत कमी आएको छ। निक्षेप संकलन ३ खर्ब ४० अर्ब र कर्जा प्रवाह २ खर्ब २७ अर्ब पुगेको छ।

    Prabhu Bank Limited's non-performing loan (NPL) ratio has risen to nearly 8%, further increasing the bank's financial pressure. The NPL ratio has increased from 5.06% to 7.94%, leading to a decline in both operating profit and net profit.

    For the second quarter of the current fiscal year, Prabhu Bank has earned a net profit of NPR 1.14 billion. This is a decrease of 24.08% compared to the same period last year, when the bank earned NPR 1.336 billion.

    While the bank's interest income rose by 2.38% and fee and commission income increased by 4.59%, the increase in non-performing loans and impairment charges led to a decrease in both operating profit and net profit.

    The bank's interest income has reached NPR 4.984 billion, compared to NPR 4.867 billion in the previous year. However, due to the increase in non-performing loans, the impairment charge has risen from NPR 814.2 million to NPR 1.45 billion.

    As a result, the bank's operating profit has decreased from NPR 2.522 billion to NPR 1.968 billion.

    As of the end of December, the bank’s distributable profit is negative, amounting to NPR 3.356 billion, which creates challenges for dividend distribution.

    For the review period, the bank's earnings per share (EPS) stood at NPR 8.62, net worth at NPR 146.17, price-to-earnings (P/E) ratio at 21.27x, and liquidity ratio at 39.31%.

    The bank's paid-up capital is NPR 23.542 billion, and its reserve fund has decreased by 42.86%. Deposits have increased to NPR 340 billion, while loans have reached NPR 227 billion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026