प्रभु क्यापिटलको १७ औं वार्षिक साधारणसभा असोज १० गते, १२.६३% लाभांश दिने प्रस्ताव
Author
NEPSE TRADING

प्रभु क्यापिटल लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारणसभा २०८२ साल असोज १० गते काठमाडौंको कमलादीस्थित रोयल सिंगी होटलमा राति ९ बजे आयोजना गर्ने भएको छ।
साधारणसभामा आर्थिक वर्ष २०८१/८२ का लागि कुल १२.६३१६% लाभांश पारित गर्ने प्रस्ताव रहेको छ। सञ्चालक समितिको निर्णयअनुसार कम्पनीले ४% बोनस सेयर र ८.६३१६% नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।
त्यसैगरी, साधारणसभाले अडिटरको प्रतिवेदनसहित नाफा–नोक्सानी विवरण, वासलात, वित्तीय विवरण र नगद प्रवाह विवरण स्वीकृत गर्नेछ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि अडिटर नियुक्त गर्ने एजेन्डा पनि रहेको छ।
साधारणसभामा सञ्चालक नियुक्त गर्ने र स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि प्रस्तुत गरिने कम्पनीले जनाएको छ।