·
प्रभु इन्स्योरेन्सद्वारा ८.७ प्रतिशत बोनस शेयरसहित लाभांश घोषणा
Author
NEPSE TRADING

प्रभु इन्स्योरेन्स लिमिटेड (PRIN) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.७ प्रतिशत बोनस शेयर तथा सो बोनस शेयरको कर प्रयोजनका लागि ०.४६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। फागुन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाएको छ। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जानकारी दिएको छ।



