
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, शेयरधनीलाई ८.४२१% प्रतिफलPrabhu Mahalaxmi Life Insurance Declares 8.421% Dividend for Shareholders
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड (PMLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको कुल ८.४२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसअन्तर्गत ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित ४.४२१ प्रतिशत नगद लाभांश समावेश छ। पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव पारित गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ।
Prabhu Mahalaxmi Life Insurance Limited (PMLI) has announced a dividend for its shareholders from the profit of the previous fiscal year. The company has proposed a total dividend of 8.421 percent based on its paid-up capital, which includes 4 percent bonus shares and 4.421 percent cash dividend (inclusive of tax). The decision was made during the board of directors’ meeting held on December 18 (Poush 2). The proposed dividend will be distributed to shareholders after receiving approval from the Nepal Insurance Authority and endorsement by the upcoming Annual General Meeting (AGM).




