प्रभु स्टक मार्केट लिमिटेड
बुद्धनगर, का.म.न.पा.-१०, काठमाडौं
तेस्रो वार्षिक साधारणसभा बस्ने सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८३/०५/३१ गते बुधबार)
आदरणीय शेयरधनी महानुभावहरू,
मिति २०८३ साल भाद्र २९ गते बसेको सञ्चालक समितिको ७१औं बैठकको निर्णयबमोजिम यस प्रभु स्टक मार्केट लिमिटेडको तेस्रो वार्षिक साधारणसभा देहायको मिति, स्थान र समयमा निम्नलिखित विषयहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएकोले उक्त साधारण सभामा शेयरधनी महानुभावहरूको उपस्थितिको लागि अनुरोध छ।
सभा हुने मिति, स्थान र समय:
सभा हुने मिति : २०८३ साल आश्विन २३ गते शुक्रबार (तदनुसार २०२६ अक्टोबर ९ तारीख)
स्थान : कम्पनीको कार्यालय, बुद्धनगर, नयाँबानेश्वर, का.म.न.पा.-१०, काठमाडौं।
समय : अपरान्ह ४:०० बजे।
छलफलका प्रस्तावहरू:
(क) साधारण प्रस्तावहरू
- आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने।
- आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफानोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका लेखापरीक्षण प्रतिवेदनमा छलफल गरी पारित गर्ने।
- कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने।
- कम्पनीको सञ्चालक समितिले समितिको रिक्त स्थानमा गरेको सञ्चालकहरूको नियुक्तिलाई अनुमोदन गर्ने।
- कम्पनीको आ.व. २०८२/८३ को मुनाफा तथा रिजर्ब कोषबाट कम्पनीको चुक्तापूँजीको ५ प्रतिशतले हुने रकम रु. १ करोड कम्पनीको शेयरधनीलाई नगद लाभांश वितरण गर्ने।
- विविध।
(ख) विशेष प्रस्तावहरू
- कम्पनीको सञ्चालक समितिको संख्या परिवर्तन गर्न नियमावलीको नियम २७ (१) (क) मा संशोधन गर्ने।
- सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधासम्बन्धी व्यवस्थामा संशोधन गर्न कम्पनीको नियमावलीको नियम ३२ (२) संशोधन गर्ने।
- कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने।



