NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. President Sagar Dhakal of Stock Brokers Association of Nepal Calls for Capital Market Refo...
    स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्ष सागर ढकालको मन्तव्य : पूँजी बजार सुदृढीकरणको आग्रह
    Investor
    2 min read
    Published on October 18, 2025
    NEPSE TRADING

    स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्ष सागर ढकालको मन्तव्य : पूँजी बजार सुदृढीकरणको आग्रहPresident Sagar Dhakal of Stock Brokers Association of Nepal Calls for Capital Market Reform and Modernization

    स्टक ब्रोकर एशोसिएसन अफ नेपाल (एस्बान) का अध्यक्ष सागर ढकालले देशको पूँजी बजारको स्थायित्व, आधुनिकीकरण र नीति–संरचनात्मक सुधारका लागि सबै सरोकारवालाहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्।

    ढकालले दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा शहादत प्राप्त सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै, सहिद परिवारका एक सदस्यलाई एशोसिएसन अन्तर्गतका सदस्य संस्थामा रोजगारीको अवसर प्रदान गरिने घोषणा गरे।

    ढकालले ३३ वर्षको यात्रामा पनि नेपालको पूँजी बजार अझै विकास र विस्तारको चरणमै रहेको बताए। उनका अनुसार, धितोपत्र ऐन, २०६३ लागू भएको दुई दशक बितिसक्दा पनि त्यसमा समयसापेक्ष सुधार हुन नसकेको र नीति, प्रविधि, पूर्वाधार र प्रडक्टको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको छ।

    उनले सेयर कारोबारका पूर्वाधार अझै अपूरा रहेको उल्लेख गर्दै भने, “अहिलेसम्म लगानीकर्ताले डिम्याट, बैंक, ब्रोकर र आस्बा खाताका लागि विभिन्न निकायमा भौतिक रुपमा धाउनुपर्ने अवस्था छ। भिडियो KYC र सेन्ट्रल KYC जस्ता प्रणालीलाई पूर्णरुपमा अवलम्बन गर्न सकेको छैन।”

    ढकालले धितोपत्र पुनःप्रयोग गर्न नपाइने व्यवस्थामा पनि सुधार गर्नुपर्ने बताए। उनले भने, “धितोपत्र लेण्डिङ–बोरोइङ्ग, इन्ट्राडे र सर्ट–सेल जस्ता प्रणाली अवलम्बन गर्न सके लगानीकर्तालाई थप सुविधा र तरलता प्राप्त हुने थियो।”

    अध्यक्ष ढकालले बजारमा अझै पनि साधारण सेयर र केही डिबेन्चर तथा म्युचुअल फण्ड बाहेक नयाँ औजार नआएको बताउँदै अप्सन र फ्युचर्सजस्ता आधुनिक उपकरण तत्काल लागू गर्नुपर्नेमा जोड दिए।

    उनले नेपाल धितोपत्र बोर्डलाई धितोपत्र ऐनका दफा ११६ र ११७ को प्रयोग गरी नयाँ नियम र विनियम निर्माण गर्न आग्रह गरे। “कानूनी आधार बिना बजारको आधुनिकीकरण सम्भव छैन,” उनले भने, “अब बोर्डले तदारुकताका साथ आवश्यक नियम निर्माण गरी बजारलाई व्यवस्थित बनाउने कदम चालोस् भन्ने अपेक्षा राख्छौं।”

    ढकालले विकसित देशहरूमा इन्डेक्स फण्ड, कमोडिटी र डिजिटल सम्पत्तिहरू समेत प्रमुख लगानीका औजार बनिसकेको बताउँदै नेपाल पनि सो दिशामा अघि बढ्नुपर्नेमा जोड दिए। उनले भने, “विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी गर्न सक्ने वातावरण बने देशमा वैदेशिक मुद्रा र रोजगारी वृद्धि हुनेछ।”

    वर्तमान राजनीतिक र आर्थिक अन्योलका सन्दर्भमा ढकालले आन्दोलनरत पक्षहरूलाई वार्ता र छलफलको माध्यमबाट समस्याको समाधान निकाल्न आग्रह गरे।
    उनले भने, “नेपाल बुद्धको देश हो, यहाँ झगडा होइन, संवादको संस्कृति हुनु आवश्यक छ।”

    अन्त्यमा, उनले दशैं, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा सबै नियामक, लगानीकर्ता, दलाल सदस्य र सञ्चारकर्मीहरूलाई शुभकामना दिँदै भने, “आगामी वर्ष हाम्रो पूँजी बजार अझ सबल, स्थिर र पारदर्शी बनोस्, यही हाम्रो सामूहिक लक्ष्य हो।”

    President of the Stock Brokers Association of Nepal (SBAN), Sagar Dhakal, has urged all stakeholders to come together for the strengthening, modernization, and stability of Nepal’s capital market.

    Speaking at a greetings exchange program organized on the occasion of Tihar and Chhath festivals, Dhakal paid heartfelt tribute to those who lost their lives during the Gen-Z movement on Bhadra 23 and 24, announcing that one member of each martyr’s family will be offered employment opportunities within institutions affiliated with the association.

    Dhakal noted that although Nepal’s capital market has completed 33 years of operation, it is still in its nascent stage of development and expansion.
    He pointed out that even two decades after the enforcement of the Securities Act, 2063 (2006 A.D.), necessary policy reforms have not been made to match global advancements in technology, infrastructure, and financial instruments.

    Highlighting the infrastructural challenges faced by investors, he said,

    “Investors are still compelled to visit multiple offices for Demat, bank, broker, and ASBA accounts. We have not been able to fully implement systems such as video KYC and central KYC.”

    Dhakal also emphasized the need to reform the rigid provisions that prevent the reuse of securities as collateral, saying that securities lending and borrowing, intraday trading, and short-selling facilities should be introduced to increase market liquidity and investor flexibility.

    The SBAN president lamented that after 33 years of operation, Nepal’s stock market still trades primarily in ordinary shares, with limited instruments like non-convertible debentures and mutual funds.
    He called on the Securities Board of Nepal (SEBON) to expedite the introduction of derivative products such as options and futures.

    Dhakal further urged SEBON to utilize Sections 116 and 117 of the Securities Act to formulate new regulations and directives, adding,

    “Without a strong legal foundation, modernization of the market is impossible. We expect the Board to take proactive steps toward regulatory development and market discipline.”

    Referencing global markets, Dhakal noted that developed economies now trade in diverse assets such as index funds, foreign currencies, commodities, and digital assets.
    He stressed that Nepal must also prepare to adopt such modern tools, saying,

    “If Nepali investors working and living abroad could invest in Nepal’s financial markets, it would increase foreign currency inflows, create employment, and contribute to national prosperity.”

    Amid the current political and economic uncertainty, Dhakal appealed to all protest groups to resolve disputes through dialogue and mutual understanding, not conflict.
    He remarked,

    “Nepal, the land of Gautam Buddha, stands for peace and harmony. All sides should rise above bitterness and work collectively toward stability.”

    In conclusion, Dhakal extended warm greetings to all regulators, investors, brokers, and journalists on the occasion of Dashain, Tihar, Nepal Sambat, and Chhath, expressing hope that these festivals bring unity, positivity, and enthusiasm.
    He concluded,

    “May the coming year make our capital market stronger, more stable, and transparent. That is our shared vision.”

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026