1 min read
Latest News
प्राइम बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन अवधि असार ३० सम्म थपियोPrime Bank Extends Application Deadline for Rs 3 Billion Debenture to Asar 30
प्राइम कमर्सियल बैंक लिमिटेड ले निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने अवधि लम्ब्याएको छ। बैंकले असार १६ गतेदेखि बिक्री खुला गरेको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा अब असार ३० गतेसम्म आवेदन दिन सकिने जनाएको छ।
बैंकका अनुसार मागभन्दा बढी आवेदन परेमा भने तोकिएको मितिअघि नै सार्वजनिक सूचना जारी गरी निष्कासन बन्द गर्न सकिनेछ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। यसअनुसार कुल निष्कासन रकम ३ अर्ब रुपैयाँ बराबर पुगेको छ। कुल ऋणपत्रमध्ये १८ लाख कित्ता (६० प्रतिशत) अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरका ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता (४० प्रतिशत) अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरका ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ।
सर्वसाधारणका लागि छुट्याइएको हिस्सामध्ये ६० हजार कित्ता अर्थात ५ प्रतिशत ऋणपत्र सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको बैंकले जनाएको छ।
१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर प्रदान गरिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ भने अधिकतममा माग गरिएका सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।
उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट स्वीकृत सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखामार्फत वा सीडीएस एन्ड क्लियरिङ लिमिटेड को मेरो शेयर प्रणाली प्रयोग गरी अनलाइन आवेदन दिन सक्नेछन्।
ऋणपत्र निष्कासनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपाल लिमिटेड ले बैंकलाई 'केयरएनपी ए– (सिंगल ए माइनस) इस्युअर रेटिङ' प्रदान गरेको छ। उक्त रेटिङले बैंकले आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता पर्याप्त रहेको संकेत गर्ने जनाइएको छ।
बैंकका अनुसार ऋणपत्रबाट प्राप्त हुने ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्त भएपछि प्रचलित कर कट्टा गरी लगानीकर्ताको खातामा भुक्तानी गरिनेछ।
Prime Commercial Bank Limited has extended the application deadline for its Rs 3 billion debenture to Asar 30. The bank had opened sales for its '6.25 Percent Prime Bank Debenture 2093' from Asar 16.
The bank has stated that if the demand exceeds the target, the issuance will be closed before the scheduled date by publishing a public notice.
The bank has issued 30 lakh units of debentures with a face value of Rs 1,000 each, totaling Rs 3 billion. Out of the total debentures, 18 lakh units (60 percent) worth Rs 1.80 billion will be sold to individual investors, while the remaining 12 lakh units (40 percent) worth Rs 1.20 billion will be allocated to the general public.
The bank has also allocated 60,000 units (5 percent) of the debentures to mutual funds.
The 10-year debenture will offer an annual interest rate of 6.25 percent. Investors can apply for a minimum of 25 units, and there is no maximum limit.
Sanimax Capital Limited is the issue and sales manager for the debenture. Investors can apply online through the C-ASBA service of the participating banks and financial institutions or through the Mero Share system of CDS and Clearing Limited.
The credit rating for the debenture issuance has been provided by CARE Ratings Nepal Limited, which has given the bank a 'CARE NP A- (Single A Minus) Issuer Rating'. This rating indicates that the bank has sufficient capacity to fulfill its financial obligations on time.
The bank has stated that the interest earned from the debenture will be paid to the investors' accounts after deducting the applicable tax at the end of each half-yearly period.




