
प्राइम कमर्सियल बैंकका संस्थापक शेयर बिक्रीको सूचना सार्वजनिकPrime Commercial Bank Issues Notice for Sale of Promoter Shares
प्राइम कमर्सियल बैंक लिमिटेडका एक विद्यमान संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले नयाँ सूचना जारी गरेको छ। मंसिर ५ गते बसेको सञ्चालक समितिको ५४७औँ बैठकको निर्णयअनुसार इच्छुक संस्थापक शेयरधनीहरूलाई शेयर खरिदका लागि ३५ दिनभित्र सम्पर्क गर्न बैंकले अनुरोध गरेको हो।
सूचनामा उल्लेख भएअनुसार, इच्छुक संस्थापक शेयरधनीहरूले सो सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
उक्त अवधिभित्र कुनै संस्थापक शेयरधनीबाट निवेदन नआएमा, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकका निर्देशन तथा प्रचलित कानुन बमोजिम ती शेयरलाई "दावी नभएको" मानिनेछ। त्यसपछि उक्त शेयरहरू खरीद गर्न इच्छुक नयाँ व्यक्तिहरू खोजी खुला बिक्री प्रक्रियामा अघि बढाइने बैंकले स्पष्ट पारेको छ।
बैंकले बिक्रीमा आएका संस्थापकहरूको नाम, शेयर संख्या तथा मूल्य सम्बन्धी जानकारीका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ।
Prime Commercial Bank Limited has issued a public notice regarding the sale of promoter shares after an existing promoter shareholder submitted a written request to sell their holdings. The bank’s Board of Directors, in its 547th meeting held on Mangsir 5, 2082 (November 21, 2025), decided to open the purchase opportunity to interested existing promoter shareholders.
According to the notice, any interested promoter shareholder currently registered with the bank must contact the Company Secretary’s Office within 35 days from the date of publication (Mangsir 8, 2082).
If no applications are received within the given timeframe, the bank will consider the shares as “unclaimed” in accordance with the Bank and Financial Institution Act, 2073, Nepal Rastra Bank’s directives, and other prevailing laws. The bank will then proceed to find and sell those promoter shares to new interested individuals.
The notice also mentions that details regarding the selling promoters—including their names and the share sale price—can be obtained by contacting the Company Secretary’s Office.




