प्राइम कमर्सियल बैंकका संस्थापक शेयर बिक्रीको सूचना सार्वजनिक
Author
NEPSE TRADING

प्राइम कमर्सियल बैंक लिमिटेडका एक विद्यमान संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले नयाँ सूचना जारी गरेको छ। मंसिर ५ गते बसेको सञ्चालक समितिको ५४७औँ बैठकको निर्णयअनुसार इच्छुक संस्थापक शेयरधनीहरूलाई शेयर खरिदका लागि ३५ दिनभित्र सम्पर्क गर्न बैंकले अनुरोध गरेको हो।
सूचनामा उल्लेख भएअनुसार, इच्छुक संस्थापक शेयरधनीहरूले सो सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
उक्त अवधिभित्र कुनै संस्थापक शेयरधनीबाट निवेदन नआएमा, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकका निर्देशन तथा प्रचलित कानुन बमोजिम ती शेयरलाई "दावी नभएको" मानिनेछ। त्यसपछि उक्त शेयरहरू खरीद गर्न इच्छुक नयाँ व्यक्तिहरू खोजी खुला बिक्री प्रक्रियामा अघि बढाइने बैंकले स्पष्ट पारेको छ।
बैंकले बिक्रीमा आएका संस्थापकहरूको नाम, शेयर संख्या तथा मूल्य सम्बन्धी जानकारीका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ।


