·
प्राइम कमर्सियल बैंकद्वारा संस्थापक शेयर बिक्रीमा
Author
NEPSE TRADING

प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हालका कायम शेयरधनीहरूलाई लक्षित गरी संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाएको हो। यद्यपि, कति कित्ता शेयर बिक्रीमा राखिएको हो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।
शेयर खरिदमा इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ।
बैंकले स्पष्ट पारेको छ कि यदि तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा ती शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।