NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Latest
    3. Profit in Samling Power Company’s Q4, EPS Improves
    साम्लिङ्ग पावर कम्पनीको चौथो त्रैमासमा नाफा, EPS सुधार
    Latest
    1 min read
    Published on August 8, 2025
    NEPSE TRADING

    साम्लिङ्ग पावर कम्पनीको चौथो त्रैमासमा नाफा, EPS सुधारProfit in Samling Power Company’s Q4, EPS Improves

    साम्लिङ्ग पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले ३८ लाख ५८ हजार ६१४ रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ७१ लाख ६८ हजार रुपैयाँभन्दा बढी नोक्सानी व्यहोरेको थियो। यस त्रैमासमा कम्पनीको प्रति शेयर आम्दानी (EPS) रु. १.७६ रहेको छ, जुन अघिल्लो त्रैमासको ऋणात्मक EPS रु. (०.४५) बाट उल्लेखनीय सुधार हो।

    चौथो त्रैमाससम्म कम्पनीको कूल आम्दानी २२ करोड ५८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा घटेको हो। कम्पनीले २४ लाख रुपैयाँ लागत खर्च गरेको छ भने अमोर्टाइजेसन र अपरेसनल खर्च समेत गरेर कूल ११ करोड २८ लाख रुपैयाँभन्दा बढी सञ्चालन खर्च व्यहोरेको छ। नाफाको प्रमुख कारण भने खर्च कटौती र पुनः सञ्चालनपछि देखिएको सकारात्मक वित्तीय प्रवाह हो।

    कम्पनीको वित्तीय विवरण अनुसार हाल कुल सम्पत्ति २ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने कूल दायित्व २ अर्ब १ करोड रुपैयाँ पार गरेको छ। कम्पनीको शेयर पुँजी ५० करोड रुपैयाँ कायम छ भने रिजर्भ तथा सरप्लस ३ करोड ९२ लाख रुपैयाँ रहेको छ। शुद्ध सम्पत्ति प्रति शेयर (Net Worth Per Share) रु. १०७.८४ र बजार मूल्य रु. ५३८.१७ कायम रहेको छ।

    कम्पनीले उल्लेख गरे अनुसार, पूर्वी नेपालमा लगातारको वर्षात र बाढीका कारण १३२ केभी प्रसारण लाइनमा क्षति पुगेपछि २०८१ असारमा उत्पादन बन्द भएको थियो। कात्तिक १९ बाट पुनः उत्पादन सुरु भएपछि कम्पनीले ४ करोड ३३ लाख रुपैयाँ आम्दानी गुमाएको जानकारी दिएको छ। यसले कम्पनीको सञ्चालनमा चुनौती थपेको छ।

    बोर्ड अफ डाइरेक्टर्सले कम्पनीको प्रशासनिक नीति, मानव संशोधन नीति लगायत नीति तथा मार्गनिर्देशनमार्फत सुशासन मजबुत बनाउने प्रतिवद्धता जनाएको छ। कम्पनीले आगामी दिनमा अन्य आयोजना सञ्चालन गर्ने स्पष्ट योजना भने उल्लेख गरेको छैन। चौथो त्रैमासको वित्तीय विवरणले कम्पनीले कठिनाइ पार गर्दै सुधारतर्फ पाइला चालेको देखाउँछ तर आगामी दिनमा दिगो नाफा सुनिश्चित गर्न चुनौती कायमै छ।

    Samling Power Company Limited has published its unaudited financial report for the fourth quarter of FY 2081/82. According to the report, the company earned a net profit of NPR 3.86 million. In the same period last fiscal year, the company had suffered a loss of over NPR 37.17 million. This quarter, the company reported an earnings per share (EPS) of NPR 1.76, a significant improvement from the negative EPS of NPR (0.45) in the previous quarter.

    As of the end of the fourth quarter, the company’s total revenue stood at NPR 225.86 million, which is a decline compared to the previous year. The company incurred NPR 2.49 million in cost of sales and over NPR 112.81 million in total operational expenses, including amortization and administrative costs. The profit turnaround is mainly attributed to cost reduction and improved financial flow after resumption of operations.

    As per the financial statement, the company’s total assets have reached NPR 2.15 billion, while total liabilities have crossed NPR 2.01 billion. The company’s share capital remains at NPR 500 million, and its reserve and surplus have reached NPR 39.21 million. The net worth per share stands at NPR 107.84 and the market price at NPR 538.17.

    The company has stated that due to continuous rainfall and flooding in Eastern Nepal, damage occurred to the 132 kV transmission line in Ashad 2081, halting production. Power generation resumed from Kartik 19, and during the shutdown, the company lost estimated revenue of NPR 40.33 million. This disruption posed a significant operational challenge.

    The Board of Directors has reaffirmed its commitment to good corporate governance through policies including financial administration and human resource management. However, the company has not clearly stated any plans for expansion or new projects. Overall, the Q4 financial report shows that the company is recovering from previous setbacks, but sustaining profitability in the future remains a challenge.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026