काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फन्ड (HLI Large Cap Fund) को इकाई बिक्री खुला गरिएको छ। उक्त फन्डको अधिकतम १० अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गरिएको छ।
यस मध्ये ८ करोड इकाई सर्वसाधारणलाई बिक्रीका लागि राखिएको छ भने बाँकी २ करोड इकाई कोष प्रबर्द्धक हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड र अन्य पक्षले प्राप्त गर्नेछन्।
निवेशकले न्यूनतम १० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया सी–आस्बा (C-ASBA) प्रणालीमार्फत गर्न सकिनेछ।
निष्कासनको बन्द हुने मिति २०८२ भदौ २५ गते (बैंकिङ समयसम्म) तोकिएको छ। यसअघि बन्द गर्ने सूचना नआएसम्म इकाई खरिदका लागि आवेदन दिन सकिनेछ।
फन्ड व्यवस्थापनको जिम्मेवारी हिमालयन इन्भेस्टमेन्ट बेङ्कर लिमिटेडले लिएको छ।





