·
पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न
Author
NEPSE trading

पियोर इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले २०८१ चैत २८ गतेदेखि २०८२ वैशाख २ गतेसम्म सर्वसाधारणका लागि निष्कासन खुला गरेको आईपीओ आज बिहान ८:३० बजे नारायणचौर, नक्सालस्थित कम्पनीको कार्यालयमा बाँडफाँट भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।
कम्पनीले सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गरेको थियो। यसमा १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएका थिए। तीमध्ये १८ लाख ४६ हजार ६६४ जनाको आवेदन स्वीकृत भएको कम्पनीले उल्लेख गरेको छ।
बाँडफाँटमा भाग्यमानी १ लाख १९ हजार ५२० जनाले १०–१० कित्ता सेयर प्राप्त गरेका छन्।