
पियोर इनर्जीको साधारण सेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार सुरु हुनेPure Energy Shares Listed on NEPSE, Trading to Begin from Tuesday
पियोर इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण सेयर (IPO) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीका ८० लाख कित्ता साधारण सेयर बजारमा सूचीकृत भएका हुन्।
सूचीकृत सेयरमध्ये २० प्रतिशत सर्वसाधारण समूह र ८० प्रतिशत संस्थापक समूह अन्तर्गत पर्छन्। नेप्सेले पियोर इनर्जीलाई "PURE" सिम्बोल प्रदान गरेको छ।
कम्पनीको सेयर कारोबार भोलि मंगलबार (जेठ १४ गते) बाट सुरु हुने नेप्सेले जानकारी दिएको छ। हाइड्रोपावर समूहमा पर्ने यो कम्पनीको पहिलो कारोबार मूल्य न्यूनतम ९६ रुपैयाँ ४५ पैसा देखि अधिकतम २८९ रुपैयाँ ३५ पैसा सम्म तोकिएको छ।
कारोबार सुरु भएपछि, सेयर मूल्य हरेक कारोबारमा २ प्रतिशत र दैनिक अधिकतम १० प्रतिशतसम्म मात्रै घटबढ हुन सक्नेछ।
लगानीकर्ताहरूले अब पियोर इनर्जीको सेयर खरिद–बिक्री नेप्से मार्फत् गर्न सक्नेछन्।
Pure Energy Development Company Limited has officially listed its ordinary shares on the Nepal Stock Exchange (NEPSE). A total of 8 million units of ordinary shares have been listed.
Out of the total listed shares, 20% belong to the general public, while 80% are held by the promoters. NEPSE has assigned the stock symbol "PURE" to the company, which falls under the Hydropower category.
The company’s shares will begin trading from Tuesday (Jestha 14). For the first transaction, the price range has been set between NPR 96.45 and NPR 289.35.
Following the initial trade, a maximum fluctuation of 2% per transaction and up to 10% per day will be allowed.
Investors can now buy and sell Pure Energy shares through the NEPSE trading system.




