कम्पनी ऐन २०६३ अन्तर्गत स्थापित (शेयरमा सीमित दायित्व भएको)
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड
बिर्तामोड न.पा. वडा नं. ५, झापा
छैठौं बार्षिक साधारण सभा बस्ने सम्बन्धी सूचना
यस पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको मिति २०८३/०४/२० गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार कम्पनीको छैठौं बार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयहरु उपर छलफल गरी अनुमोदन गर्न बस्ने भएकाले शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति, स्थान र समय
मिति : २०८३/०५/१३ (August 29, 2026), शनिवार
स्थान : इन्द्रेणी व्याङ्क्वेट बिर्तामोड ४, झापा
समय : दिनको ११:०० बजे देखि ।
छलफलका प्रस्तावहरु :
सामान्य प्रस्तावहरु :
१. अध्यक्षज्युको मन्तव्य तथा छैठौं बार्षिक साधारण सभाका लागि संचालक समितिको तर्फबाट प्रस्तुत बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२ यस कम्पनीको लेखापरीक्षकद्वारा प्रस्तुत आ.व. २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण (वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, अनुसूची सहितको वित्तीय विवरणहरु) अनुमोदन गर्ने ।
३ यस कम्पनीको सहायक कम्पनी सहितको आ.व. २०८२/८३ को लेखापरीक्षण गरिएको एकीकृत (Consolidated) वित्तीय विवरण अनुमोदन गर्ने ।
४ कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने ।
५ संचालक समितिले आ.व २०८२/८३ मा गरेका निर्णयहरु छलफल गरी अनुमोदन गर्ने ।
६ कम्पनीको सञ्चालकको नियुक्ति अनुमोदन गर्ने ।
७ विविध ।
विशेष प्रस्तावहरु
- कम्पनीको अधिकृत पूँजी र जारी पूँजी वृद्धि गर्ने सम्बन्धमा ।
- यस कम्पनीको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गर्ने सम्बन्धमा ।
- प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) सम्बन्धी सम्पूर्ण काम कारबाहि गर्न/गराउन यस कम्पनीको संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।
- कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा ।
- संचालक समितिका सदस्यहरुको बैठक भत्ता छलफल गरी पारित गर्ने सम्बन्धमा ।
- विविध
संचालक समितिको आज्ञाले,
कम्पनी सचिव




