·

राधी विद्युत् कम्पनीको साधारण सभा पुस २२ गते, बुक क्लोज पुस ८ मा

Author

NEPSE TRADING

राधी विद्युत् कम्पनीको साधारण सभा पुस २२ गते, बुक क्लोज पुस ८ मा

काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेड (RADHI) ले आफ्नो वार्षिक साधारण सभा पुस २२ गते आयोजना गर्ने भएको छ । साधारण सभा पुस २२ गते हुने भए पनि कम्पनीले सभा स्थल र समय भने पछि सार्वजनिक गर्ने जनाएको छ ।

साधारण सभामा आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरण पारित गर्ने एजेन्डा रहेका छन् । यस अन्तर्गत लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण स्वीकृत गरिनेछ ।

त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ । अन्य विविध विषयहरूमा पनि छलफल हुने कम्पनीले जनाएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार पुस ७ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

कम्पनीले साधारण सभाबाट आगामी कार्यदिशा र वित्तीय पारदर्शितालाई थप सुदृढ गर्ने अपेक्षा राखेको जनाएको छ ।

Related News