सिद्धार्थ बैंकको सीईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त
Author
NEPSE TRADING

सिद्धार्थ बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा रामेश्वर प्रसाद बस्याललाई नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिले बस्याललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध बस्यालले आफ्नो करियर प्रबन्धकबाट सुरु गरी वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृतसम्मका विभिन्न नेतृत्वदायी जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्।
साढे तीन दशकभन्दा लामो बैंकिङ करियरमा उनले सन् १९८९ देखि २००५ सम्म नबिल बैंक लिमिटेडमा समेत विभिन्न जिम्मेवार पदमा रहेर सेवा प्रदान गरेका थिए।
बैंकिङ क्षेत्रमा दीर्घ अनुभव र नेतृत्व क्षमताका कारण बस्यालको नियुक्तिले सिद्धार्थ बैंकको व्यवस्थापन तथा संस्थागत सुदृढीकरणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।


