·
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारको लक्ष्य: ५ वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन
Author
NEPSETRADING

आगामी चैत १३ गतेदेखि कार्यभार सम्हाल्ने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको नयाँ सरकारले देशको आर्थिक मेरुदण्डका रूपमा ऊर्जा क्षेत्रलाई अघि सार्ने भएको छ। प्रस्तावित प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपालको कुल जडित विद्युत् क्षमता १५ हजार मेगावाट पु-याउने लक्ष्य तय गरेको छ भने दीर्घकालीन रूपमा १० वर्षभित्र ३० हजार मेगावाट उत्पादन गर्ने योजना अघि बढाइएको छ। हाल करिब ३,२००–४,००० मेगावाट जडित क्षमता रहेको अवस्थामा ५ वर्षमै थप १२ हजार मेगावाट उत्पादन गर्न १८ खर्बदेखि २४ खर्ब रुपैयाँसम्म लगानी आवश्यक पर्ने ऊर्जा विज्ञहरूको अनुमान छ। सरकारले ‘एकद्वार प्रणाली’ लागू गर्दै प्रशासनिक झमेला हटाउने, प्रसारण लाइन विस्तारलाई तीव्रता दिने, रोकिएका पीपीएहरू खुलाउने र निजी तथा वैदेशिक लगानी आकर्षित गर्ने तयारी गरेको छ। साथै उत्पादन भएको अतिरिक्त विद्युत् भारत र बंगलादेश लाई निर्यात गर्ने योजना समेत अघि सारिएको छ।



