NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Rasuwagadhi Hydropower Resumes Partial Operation; One Unit Generates 37 MW
    रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा, एक युनिटबाट ३७ मेगावाट उत्पादन सुरु
    Investor
    2 min read
    Published on December 7, 2025
    NEPSE TRADING

    रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा, एक युनिटबाट ३७ मेगावाट उत्पादन सुरुRasuwagadhi Hydropower Resumes Partial Operation; One Unit Generates 37 MW

    काठमाडौं — नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको नेतृत्वमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ। गत असार २४ गते तिब्बत क्षेत्रबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनका कारण आएको भीषण बाढीले आयोजना संरचना—विशेषगरी हेडवर्क्स—मा ठूलो क्षति पुर्‍याएपछि उत्पादन रोकिएको थियो।

    हेडवर्क्सको प्राथमिक मर्मत कार्य सम्पन्न भएपछि शनिबारदेखि विद्युतगृहमा रहेका तीन युनिटमध्ये एउटा युनिट सञ्चालनमा ल्याइएको हो। १११ मेगावाट जडित क्षमताको आयोजनामा प्रत्येक युनिट ३७ मेगावाट विद्युत उत्पादन गर्ने क्षमता राख्छ। बाँकी दुई युनिट पनि एक महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य प्राधिकरणले जनाएको छ।

    प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार हेडवर्क्स क्षेत्रमा थप आवश्यक मर्मत कार्य आगामी वर्षायामअघि सक्ने गरी पुनर्निर्माण तीव्र गति साथ भइरहेको छ। उनले प्राधिकरण, चिलिमे तथा रसुवागढी हाइड्रोपावर कम्पनीका कर्मचारी र पदाधिकारीको अथक परिश्रमका कारण आयोजनालाई पुनः सञ्चालनमा ल्याउन सफल भएको बताए। “आयोजनाबाट उत्पादन सुरु भएकाले हिउँदयामको विद्युत माग व्यवस्थापनमा सहयोग पुग्नेछ,” सिलवालले भने।

    असारमा आएको बाढीले हेडवर्क्स क्षेत्रमा काठ, झार, बोटबिरुवालगायतका वस्तु रोक्ने मेसिन, गेट, उपकरणहरू पूर्ण रूपमा बगाएको थियो। हेडवर्क्सका भवनमा दुई मिटरभन्दा बढी लेदो थुप्रिएको थियो भने विशाल ढुंगाले संरचना क्षतिग्रस्त बनाएको थियो। सुरुङतर्फ पानी पठाउने संरचना समेत भत्किएको थियो। त्यस्तै, टेलरेसबाट पानी फर्केर टर्वाइन रहेको तला पूरै डुबानमा परेको थियो।

    उक्त दुर्घटनाका बेला आयोजनामा कार्यरत २२ जना कर्मचारीलाई सेनाको हेलिकोप्टरमार्फत हेडवर्क्स क्षेत्र र आवास क्षेत्रबाट सुरक्षित उद्धार गरिएको थियो। कर्मचारी आवास क्षेत्र पूर्ण रूपमा बगाएको थियो। त्यतिबेला स्याफ्रुबेंसीदेखि आयोजनास्थलसम्मको मुख्य राजमार्ग पनि पहिरोका कारण विभिन्न स्थानमा अवरुद्ध भएको थियो।

    रसुवागढी आयोजनाबाट वाणिज्यिक उत्पादन पुस १६, २०७८ देखि सुरु भएको थियो। तर बाढीपछिको क्षतिले सञ्चालन अवरुद्ध भएपछि लामो समय विद्युत उत्पादन रोकेको थियो। आयोजनाका सबै युनिट सञ्चालनमा आएपछि वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन हुने अनुमान छ, जसबाट कम्पनीले वार्षिक करिब ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने अपेक्षा गरिएको छ।

    Kathmandu — The Rasuwagadhi Hydropower Project, constructed under the leadership of Chilime Hydropower— a subsidiary of the Nepal Electricity Authority (NEA)— has resumed partial operation. The project had been shut down after flash floods triggered by a glacial lake outburst from the Lyende River in Tibet on Asar 24 caused extensive damage to the project’s headworks and surrounding structures.

    Following the completion of emergency repairs at the headworks, one of the three units at the powerhouse was brought back into operation from Saturday. Rasuwagadhi, with an installed capacity of 111 MW, produces 37 MW of electricity from each unit.

    NEA’s Executive Director Manoj Silwal said that reconstruction works are progressing rapidly, with plans to bring the remaining two units into operation within a month. Full restoration of the remaining damaged sections of the headworks is expected to be completed before the next monsoon season. He credited the relentless efforts of NEA, Chilime, and Rasuwagadhi Hydropower Company staff for making it possible to resume power generation. “With electricity generation restored, managing winter demand will be relatively easier,” Silwal noted.

    The flood had swept away key equipment at the headworks, including debris-blocking machines, gates, and other installations meant to filter logs, weeds, and vegetation carried by the river. More than two meters of mud had accumulated inside the control buildings, while huge boulders had damaged structures directing water into the tunnel. After electricity generation, the tailrace system had also flooded, completely submerging the turbine floor.

    On the day of the disaster, 22 project staff were airlifted to safety by a Nepal Army helicopter from both the headworks and staff housing areas. The staff quarters were completely washed away. The main road from Syafrubesi to the project site had also been blocked in several sections due to landslides triggered by the flood.

    Rasuwagadhi had begun commercial electricity generation on Poush 16, 2078. Power production had remained halted since the Asar floods caused severe damage. Once all three units resume operation, the project is expected to generate 613.875 million units of electricity annually, generating an estimated annual revenue of Rs. 3.25 billion for the company.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026