काठमाडौँ — चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना (असोज) मा २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो एकै महिनामा भित्रिएको हालसम्मकै उच्च (कीर्तिमानी) अंक हो। यसअघि गत वैशाखमा भित्रिएको २ खर्ब ५७ अर्ब रुपैयाँ मासिक रेमिट्यान्सको उच्च रेकर्ड थियो। चाडपर्व र रसुवा बाढीका कारण पनि असोजमा रेमिट्यान्स आप्रवाह उल्लेख्य बढेको हो।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। भदौमा २ खर्ब २१ अर्ब भित्रिएकोमा गत वर्षको असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ भित्रिएको थियो। अमेरिकी डलरमा भने समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशतले बढेर ४ अर्ब ६० करोड डलर कायम भएको छ भने खुद द्वितीय आय (खुद ट्रान्स्फर) ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख २१ हजार ८ सय ७९ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ लाख २३ हजार ४ सय ५९ थियो। यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या गत वर्ष ७७ हजार २ सय ५७ रहेकोमा चालु आवको तीन महिनामा बढेर ८२ हजार ३ सय ६९ पुगेको राष्ट्र बैंकले जनाएको छ।
Kathmandu — Nepal received a record Rs 267.34 billion in remittances in Ashoj (mid-September to mid-October), the third month of the current fiscal year 2083/84, marking the highest single-month inflow ever recorded. The previous monthly high was Rs 257 billion registered in Baisakh earlier this year. Festive demand and recovery needs following the Rasuwa floods also contributed to the surge in inflows during the month.
According to data from Nepal Rastra Bank, total remittance inflows rose by 27.2 percent to Rs 703.70 billion in the first three months of the current fiscal year. While Rs 221 billion had entered in Bhadra, inflows in Ashoj of the previous fiscal year stood at Rs 201.22 billion. In US dollar terms, remittances grew by 16.7 percent to $4.60 billion during the review period, whereas net secondary income (net transfers) reached Rs 762.90 billion.
During the first quarter, the number of Nepalis obtaining final labor approvals (institutional and individual—new) for foreign employment stood at 121,879, compared to 123,459 in the corresponding period last year. Meanwhile, the number of workers securing renewed labor approvals increased to 82,369, up from 77,257 in the same period of the previous fiscal year.