NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Reliance Spinning Mills and Salpa Bikas Bank Listed Simultaneously on NEPSE
    नेप्सेमा रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकका शेयर एकैसाथ सूचीकृत
    Investor
    1 min read
    Published on February 13, 2026
    NEPSE TRADING

    नेप्सेमा रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकका शेयर एकैसाथ सूचीकृतReliance Spinning Mills and Salpa Bikas Bank Listed Simultaneously on NEPSE

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीका साधारण शेयर एकैसाथ सूचीकृत भएका छन्। नेप्सेले आज मिति २०८२ फागुन १ गते Reliance Spinning Mills Limited (RSML) र Salpa Bikas Bank Limited (SABBL) का साधारण शेयर सूचीकरण गरेको हो।

    नेप्सेले जनाएको अनुसार यी दुवै कम्पनीका शेयर आगामी २०८२ फागुन ४ गतेदेखि दोस्रो बजारमा कारोबारका लागि खुल्नेछन्।


    रिलायन्स स्पिनिङ मिल्स लिमिटेड

    रिलायन्स स्पिनिङ मिल्सको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १ करोड ९० लाख कित्ता साधारण शेयर सूचीकृत भएका छन्। यसमध्ये संस्थापक शेयरधनीको ८९.८६ प्रतिशत (१ करोड ७० लाख ७३ हजार ४ सय कित्ता) र सर्वसाधारणको १०.१४ प्रतिशत (१९ लाख २६ हजार ६ सय कित्ता) हिस्सा रहेको छ।

    काठमाडौँको कमलादीमा प्रधान कार्यालय रहेको यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक Global IME Capital Limited रहेको थियो।


    सालपा विकास बैंक लिमिटेड

    त्यसैगरी, सालपा विकास बैंकको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ५२ लाख २३ हजार ८८० कित्ता साधारण शेयर सूचीकृत भएका छन्। सूचीकरण सम्झौताअनुसार संस्थापक शेयरधनीको ६७ प्रतिशत (३५ लाख कित्ता) र सर्वसाधारणको ३३ प्रतिशत (१७ लाख २३ हजार ८८० कित्ता) स्वामित्व रहेको छ।

    खोटाङको दिक्तेलमा प्रधान कार्यालय रहेको यस बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धक Muktinath Capital Limited रहेको थियो।


    ओपनिङ रेन्ज सम्बन्धी व्यवस्था परिमार्जन

    नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार माघ २९ गते नै यी दुवै कम्पनीको शेयर सूचीकरण गर्ने निर्णय गरेको थियो। यससँगै, नेप्सेले ओपनिङ रेन्जसम्बन्धी व्यवस्था परिमार्जन गरेको छ।

    यसअघि कम्पनीको नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज दिइने व्यवस्था थियो। हाल भने फेस भ्यालुको तीन गुणामात्रै ओपनिङ रेन्ज तोकिएको छ।

    • पोजेटिभ नेटवर्थ भए फेस भ्यालुको तीन गुणा

    • नेगेटिभ नेटवर्थ भए सोही नेटवर्थको तीन गुणा

    उदाहरणका लागि, नेटवर्थ १२० रुपैयाँ भए अधिकतम ३०० रुपैयाँ र ९० रुपैयाँ भए २७० रुपैयाँसम्म ओपनिङ रेन्ज तोकिनेछ।


    लगानीकर्तामा प्रभाव

    परिमार्जित ओपनिङ रेन्जका कारण रिलायन्स स्पिनिङ मिल्सका शेयरधनीले पहिलो कारोबारमै घाटामा शेयर बिक्री गर्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ। तर सालपा विकास बैंकको हकमा भने यस्तो जोखिम कम रहनेछ।

    अब लगानीकर्ताले आगामी फागुन ४ गते सोमबारदेखि यी दुवै कम्पनीका शेयर दोस्रो बजारमा खरिद–बिक्री गर्न सक्नेछन्।

    NEPSE listed the shares of Reliance Spinning Mills Limited (RSML) and Salpa Bikas Bank Limited (SABBL).

    According to NEPSE, the shares of both companies will be open for trading in the secondary market from Falgun 4, 2082.

    Reliance Spinning Mills Limited

    Reliance Spinning Mills has listed a total of 19 million ordinary shares with a face value of NPR 100 per share. Out of these, 89.86% (17,073,400 shares) are held by promoters, while 10.14% (1,926,600 shares) belong to the general public.

    The company’s head office is located in Kamaladi, Kathmandu. The issue and sales manager for the shares was Global IME Capital Limited.

    Salpa Bikas Bank Limited

    Similarly, Salpa Bikas Bank has listed a total of 5,223,880 ordinary shares with a face value of NPR 100 per share. As per the listing agreement, promoters hold 67% (3.5 million shares), while public investors own 33% (1,723,880 shares).

    The bank’s head office is located in Diktel, Khotang. The issue and sales manager was Muktinath Capital Limited.

    Revision in Opening Range Policy

    NEPSE had decided to list both companies on Magh 29, 2082, in accordance with the Securities Listing Regulations, 2075. Along with the listing, NEPSE has revised its opening price range policy.

    Previously, the opening range was set at up to three times a company’s net worth. Under the revised system, the opening range is now limited to three times the face value.

    • For companies with positive net worth: up to three times the face value

    • For companies with negative net worth: up to three times their net worth

    For example, if a company’s net worth is NPR 120, the maximum opening range will be NPR 300. If the net worth is NPR 90, the opening range will be limited to NPR 270.

    Impact on Investors

    Due to the revised opening range, shareholders of Reliance Spinning Mills may have to sell their shares at a loss on the first trading day. However, Salpa Bikas Bank shareholders are unlikely to face such losses.

    From Falgun 4 onward, investors will be able to buy and sell shares of both companies in the secondary market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026