रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट सम्पन्न
Author
NEPSE TRADING

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) पुस १८ गते, शुक्रबार बाँडफाँट गरिएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गरेको आईपीओ सफलतापूर्वक बाँडफाँट गरेको हो।
कम्पनीले पुस ७ गतेदेखि पुस ११ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले कुल ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गरेको थियो। उक्त आईपीओमा ५ लाख ३२ हजार ८८८ जना लगानीकर्ताले २ करोड ७२ लाख १५ हजार १०० कित्ता शेयरका लागि आवेदन दिएका थिए।
जसमध्ये ५ लाख १९ हजार ४६ वटा आवेदन स्वीकृत भएका छन् भने १३ हजार ८४२ वटा आवेदन रद्द भएका छन्। मागभन्दा अत्यधिक आवेदन परेकाले कम्पनीले गोलाप्रथा (लक्की ड्र) प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरेको हो।
बाँडफाँट अनुसार १८ हजार ४९५ जना आवेदकले ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँटपछि बाँकी रहेको १८ कित्ता शेयर सोही समूहका लगानीकर्ताहरूलाई थप एक कित्ताका दरले वितरण गरिएको छ। यस अनुसार १८ जना भाग्यमानी लगानीकर्ताले ५१ कित्ता शेयर प्राप्त गरेका छन्।


