NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Reliance Spinning Mills IPO Opens for the Public from Poush 7
    रिलायन्स स्पिनिङ मिल्सको आईपीओ पुस ७ देखि सर्वसाधारणका लागि खुल्दै
    Investor
    2 min read
    Published on December 14, 2025
    NEPSE TRADING

    रिलायन्स स्पिनिङ मिल्सको आईपीओ पुस ७ देखि सर्वसाधारणका लागि खुल्दैReliance Spinning Mills IPO Opens for the Public from Poush 7

    रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आगामी पुस ७ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँड सम्पन्न गरेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि शेयर निष्काशन गर्न लागेको हो।

    कम्पनीले पहिलो चरणमा मंसिर २२ देखि २५ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख १५ हजार ५९६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो। नेपाल धितोपत्र बोर्डबाट प्राप्त अनुमति अनुसार रिलायन्सले कुल ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ जारी गर्नेछ। यसमध्ये कर्मचारीका लागि सुरक्षित ५७ हजार ७९८ कित्ता शेयर कट्टा गरी बाँकी ९ लाख २४ हजार ७६८ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो।

    कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहे पनि बुक बिल्डिङ विधिबाट निर्धारण गरिएको प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम गरिएको छ। यसअनुसार आईपीओमा आवेदन दिन न्यूनतम ५० कित्ता (४१ हजार ४० रुपैयाँ) र अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा पुस ११ गते बन्द हुनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस २१ गतेसम्म अवधि लम्बिनेछ।

    बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार योग्य संस्थागत लगानीकर्ताहरूलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गरिएको थियो, जसको कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सो मूल्यमा १० प्रतिशत छुट दिँदा सर्वसाधारणका लागि प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम गरिएको हो।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आसब्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालयहरू तथा सी–आस्बा प्रणालीमार्फत ‘मेरो शेयर’ प्रयोग गरी आवेदन दिन सक्नेछन्।

    लगानी फिर्ता अवधि र रेटिङ

    शेयर निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपाल ले कम्पनीलाई CARE-NP Single A- Issuer Rating प्रदान गरेको छ, जसले कम्पनीले समयमै वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको संकेत गर्दछ। कम्पनीको साधारण लगानी फिर्ता अवधि ६.७५ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता अवधि १०.६१ वर्ष रहेको छ।

    अदालतको आदेशपछि खुलेको आईपीओ

    २०७१ असार १२ गते आईपीओ निष्काशनका लागि बोर्डबाट स्वीकृति प्राप्त भए पनि विभिन्न विवादका कारण मुद्दा अदालतसम्म पुगेपछि आईपीओ रोकिएको थियो। रिलायन्स स्पिनिङ मिल्सले उच्च अदालत पाटनमा परमादेशको माग गर्दै रिट दायर गरेपछि अदालतले कम्पनीको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो। सोही आदेशपछि नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनका लागि अनुमति दिएको हो।

    कम्पनी परिचय

    २०५४ सालमा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्स पछिल्लो समय सञ्चालनमा आएको उत्पादनमूलक उद्योग हो। नेपालकै प्रमुख धागो उत्पादन गर्ने उद्योगमध्ये एक मानिने यो कम्पनी रोजगारदाता उद्योगका रूपमा पनि अग्रणी रहेको छ। कम्पनीका उत्पादनहरू नेपालमा खपत हुनुका साथै भारत, टर्की लगायतका मुलुकमा निर्यात हुँदै आएका छन्। वार्षिक करिब ५ करोड अमेरिकी डलर बराबरको निर्यात मार्फत यसले देशको आयात–निर्यात सन्तुलनमा उल्लेखनीय योगदान दिँदै आएको छ।

    कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण र प्रबन्ध सञ्चालक अक्षय गोल्याण रहेका छन्। कम्पनीको मुख्य उद्योग ईटहरी उपमहानगरपालिका–१२, खनार (सुनसरी) मा रहेको छ भने शाखा उद्योग ईटहरी उपमहानगरपालिका–४, दुहबी मा सञ्चालनमा छ।

    पुँजीगत संरचना

    कम्पनीको अधिकृत पूँजी २ अर्ब ६० करोड रुपैयाँ, जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँ र हालको चुक्ता पूँजी १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ रहेको छ। सर्वसाधारणलाई आईपीओ बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।

    Reliance Spinning Mills Limited is set to open its Initial Public Offering (IPO) for the general public from Poush 7. The company is moving ahead with the public issue after successfully completing the allocation of shares to Nepali citizens working abroad.

    In the first phase, the company issued 115,596 shares to Nepalis with valid labor approval working overseas from Mangsir 22 to 25. Following this, Reliance received approval from the Securities Board of Nepal (SEBON) to issue a total of 1,155,960 shares to the public. Out of this, 57,798 shares have been reserved for company employees, and the remaining 924,768 shares will be offered to the general public.

    The par value per share is NPR 100, while the IPO price has been fixed at NPR 820.80 per share through the book-building process. Investors must apply for a minimum of 50 shares, requiring an investment of NPR 41,040, while the maximum application limit is 20,000 shares. The IPO will close on Poush 11, and if it is not fully subscribed by then, the closing date will be extended to Poush 21.

    This IPO is being issued under the book-building method. As per the Book Building Guidelines, 2077, 770,640 shares were allocated to qualified institutional investors (QIIs) through a bidding process, where the cut-off price was determined at NPR 912 per share. After providing a 10 percent discount, the public issue price was fixed at NPR 820.80 per share.

    The issue and sales manager for the IPO is Global IME Capital Limited. Investors can apply through all ASBA-approved banks and financial institutions, their designated branches, and via the “Mero Share” online system operated by CDS and Clearing Limited using the C-ASBA facility.

    Return Period and Credit Rating

    CARE Ratings Nepal has assigned the company a CARE-NP Single A- (Issuer Rating), indicating an adequate level of safety and sufficient capacity to meet its financial obligations on time. The company’s simple payback period is estimated at 6.75 years, while the discounted payback period stands at 10.61 years.

    IPO Resumes Following Court Clearance

    Although SEBON had approved the IPO on Ashadh 12, 2081, the issue was temporarily halted due to legal disputes raised over valuation and issuance procedures. Reliance Spinning Mills filed a writ petition at the High Court, Patan, seeking a mandamus order. Following an interim order in favor of the company, SEBON granted permission to proceed with the IPO.

    Company Overview

    Established in 1997 (2054 BS), Reliance Spinning Mills is one of Nepal’s leading yarn manufacturing industries and one of the country’s largest employment-generating industrial enterprises. The company’s products are consumed domestically and exported to India, Turkey, and other international markets, with annual exports worth approximately USD 50 million. The company plays a significant role in supporting Nepal’s trade balance.

    The company is chaired by Pawan Kumar Golyan, with Akshay Golyan serving as the Managing Director. Its main manufacturing plant is located in Itahari Sub-Metropolitan City–12, Khanar, Sunsari, while a branch facility operates in Itahari–4, Duhabi, Sunsari.

    Capital Structure

    Reliance Spinning Mills has an authorized capital of NPR 2.60 billion, an issued capital of NPR 1.90 billion, and a current paid-up capital of NPR 1.7844 billion following the allocation to institutional investors. After the completion of the public IPO allotment, the company’s paid-up capital will increase to NPR 1.90 billion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026